हवाईजहाजमा यात्रा गरिरहेका १७ वर्षे शिवराजको असभ्य चञ्चलपनले हिरासतको बास गराए पछि

हवाईजहाजमा यात्रा गरिरहेका १७ वर्षे शिवराजको असभ्य चञ्चलपनले हिरासतको बास गराए पछि
प्रकाशित : :

धनगढी : हवाईजहाजमा यात्रा गरिरहेका १७ वर्षे शिवराजको असभ्य चञ्चलपनले प्रहरी हिरासतको बास बस्नु परेको छ । मङ्गलवार श्री एयरलाइन्सको जहाजभित्र एयर होस्टेजलाई दुर्व्यवहार गरेपछि कैलालीको गोदावरी नगरपालिका १ का शिवराज ओझालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा बस्नुपरेको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका मुद्दा शाखाका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार उनी एयर होस्टेजलाई जिस्काउने व्यक्ति १७ वर्षका नाबालक हुन् । 

प्रहरीले हिरासतमा राखी सोधपुछ गर्दा प्रारम्भिक बयानमा जिस्काउने मन लागेकाले जिस्काएको प्रतिक्रिया दिएका छन् । 

यस्तो थियो नाबालककाे असभ्य चञ्चलपन ? 

मङ्गलवार त्रिभुवन विमानस्थलबाट ४ बजे उडने श्री एयरलाइन्सको जहाज (उडान नं. २२५, पचास मिनेट ढिलो गरी ४ः५० बजे धनगढीका लागि उडेको थियो । जहाज उडे लगत्तै देखि ओझाले असभ्य चर्तिकला देखाउँदै २ जना एयरहोस्टेज मध्ये १ जनालाई जिस्काउन थाले । 

श्री एयरलाइन्सका धनगढी स्टेसन म्यानेजर गजेन्द्र शाहीले दिएको जानकारी अनुसार ती यात्रुले सबैभन्दा पहिला सिट बेल्ट लगाउन मानेनन् । एयरहोस्टेजले पटप–पटक सिट बेल्ट लगाउन भन्दा पनि उनले नमानेर जिस्काई रहे । त्यसपछिको उनले सिटको ह्याण्डील (हात राख्ने ठाउँ) मा खुट्टा राखेर ग्यालरीमा हिडन असहज हुने हर्कत गरे ।

उनले जहाजको ग्यालरीमा पानी र पेय पदार्थ दिन आउने बेला एयरहोस्टेजलाई लात्ता लाग्ने गरी अटेर गरिरहे । ‘तीन÷चार पटक अनुरोध गर्दा पनि नमानेपछि एयर होस्टेजले क्याप्टेन सुगम धिमिरेलाई जानकारी गराइन । त्यतीबेला काठमाण्डौंबाट जहाज आधा समय उडिसकेको थियो’ स्टेसन म्यानेजर शाहीले भने ।

‘यस्तो अवस्था आएमा प्रायजसो क्याप्टेनले जहाज डाईभर्ट गर्ने पर्छन । क्याप्टेनले यात्रु र उडान दलका सदस्यको सुरक्षाका लागि भन्दै प्राय जहाज फर्काएका उदाहरण पनि छन्’ शाहीले भने ।  ‘तर क्याप्टेन घिमिरेले घटनाको जानकारी नागरिक उड्डयन प्राधिकरणको धनगढी कार्यालयलाई गराए । प्राधिकरणले प्रहरीलाई जानकारी गरायो । जहाज अवतरण हुने बित्तिकै ओझा धनगढी विमानस्थलबाटै पक्राउ परे ।’

श्रीययरलाईन्सको उडान नं. २२५ को उक्त जहाज क्याप्टेन सुगम घिमिरे र अलिस आचार्यले उडाई रहेका थिए । काठमाण्डौंमा जहाजमा चढने बेला पनि ती युवकको एकजना यात्रुसँग भनाभन भएको थियो । जहाजमा अन्तिम समयमा चढेका ती युवक १ नम्बर सीटमा बसेका थिए । उक्त सीट एयरहोस्टेज बस्ने ढोकानजिकै हुन्छ ।  

ओझालाई मङ्गलवार अपरान्ह धनगढी विमानस्थल सुरक्षा पोस्टले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाएको थियो । उनलाई धनगढी विमानस्थलमा उत्रिने बित्तिकै प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार