भदौ २५ र २६ गते कक्षा १२ को मौका परीक्षा हुने, आवेदन फारम भर्न आह्वान

अनि हेर्नु भयो त नतिजा कक्षा १२ मा नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण
प्रकाशित : :

काठमाडौँ : कक्षा १२ ग्रेड वृद्धि (मौका परीक्षा) आगामी भदौ २५ र २६ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको छ । 

बोर्डले २०८० सालको कक्षा १२ नतिजा शुक्रबार सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार ५२।९१ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् । 

दुई विषयमा एनजी  (नन ग्रेडेड) आएका विद्यार्थीहरूले मौका परीक्षामा सहभागिता जनाउन पाउने बोर्डले जनाएको छ । 

सैद्धान्तिकतर्फ न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड आएका वा  दुई विषयमा अनुपस्थित भएका विद्यार्थीले परीक्षामा सहभागिता जनाउन पाउनेछन् । परीक्षा बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म सञ्चालन हुनेछ ।

एक लाख ८७ हजार २१ विद्यार्थीको नतिजा एनजी आएको छ । तीमध्ये दुई विषयमा एनजी ल्याउने विद्यार्थीको संख्या एक लाख २७ हजार ७०७ रहेको छ । उनीहरूले मौका परीक्षा दिन पाउनेछन् । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार