एसपीए कलेजले गर्‍यो पहिलो एसपी स्वाग जर्नल सार्वजनिक 

एसपीए कलेजले गर्‍यो पहिलो एसपी स्वाग जर्नल सार्वजनिक 
प्रकाशित : :

धनगढी : धनगढीको एस.पी.ए कलेजले सुदूरपश्चिम विस्डम अफ एकेडेमीक जेन्ट्री जर्नल (एस.पी. स्वाग) अनावरण गरेको छ । शुक्रवार कलेजको सेमिनार हलमा सम्पन्न कार्यक्रममा उक्त जर्नल सार्वजनिक गरेको हो ।

एसपीए कलेजले प्रकाशन गरेको उक्त सुदूरपश्चिम विस्डम अफ एकेडेमीक जेन्ट्री जर्नल (एस.पी. स्वाग) मा कृषिमा सरकारको लगानी र नीतिको आवश्यकता सहितका विभिन्न ११ ओटा खोजमूलक सामाग्रीहरू समावेश गरिएको छ । 

अङ्ग्रेजी भाषा र नेपाली दुई भाषाका  खोजमूलक सामाग्रीहरू प्रकाशन उक्त जर्नलमा कलेजमा अध्यापन गराई रहेका र एमफील गरी रहेका तथा रिसर्च खोजमूलक विषय विज्ञहरू का विषयवस्तुहरू समावेश गरी बडो मेहेनेतका साथ तयार गरिएको छ । उक्त जर्नलको डिजिटल कपी समेत प्रकाशन गरिएको छ ।  

यो जर्नल आफैमा एउटा रिसर्च गर्न मन पराउने विद्यार्थीहरूको लागि रिसर्च स्कलरहरूको लागि र सम्पूर्ण रिसर्च  सँग परिचित हुन चाहने विद्यार्थी  तथा अन्य समाजका व्यक्तित्वहरूका लागि एउटा सन्दर्भ सामाग्री बन्न सक्ने एसपीए कलेजका आइ.क्यु.ए.सी विभागीय प्रमुख तथा एसपी स्वाग जर्नलका म्यानेजिङ इडीटर जगन्नाथ जोशीले बताए । ‘यो जर्नललाई अहिलेको लेटेष्ट टेक्नोलोजी अनुसार डीओआई, क्रसरेटको डिओआई लिने आइ.एस.एस.एन नम्बर लिने लगायतका कार्यहरू गरेर पहिलो अङ्क जर्नल प्रकाशित गर्दा यति धेरै क्राईट एरिया पार गर्ने सुदूरपश्चिम प्रदेशको पहिलो कलेज एसपी नै हो, हाम्रो थेसीस, प्रोजेक्ट गर्नेहरूका लागि सहयोगी हुने छ । ओपन एक्सेस भएकाले डिजिटल कपी समेत पढ्न सहजै प्राप्त गर्न सकिने छ ।’  उनले भने ।

विद्यार्थीले पढ्दै गर्दा समाज, देश तथा संसारभर के गर्नु पर्ने छ भन्ने विषयमा थाहा दिन र थाहा पाउन जर्नल विशेष माध्यम भएकाले बौद्धिक विकास तथा आफ्ना रिसर्च बेस विषय बस्तुहरूको प्रचार प्रसार गर्न समेत महत्त्वपूर्ण भूमिका खेल्ने पहिलो जर्नलको विमोचन गर्न एसपीए कलेज सफल भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं सुदूरपश्चिम विश्वविद्यालयका व्यवस्थापन डिन प्रोफेसर डा. पदमराज जोशीले यस किसिमका जर्नलहरू प्रत्येक ६ महिना र वर्ष वर्षमा एसपीए कलेजले प्रकाशन गर्न सफल होस भन्दै शुभकामना दिए । 

यस्तै, जर्नलका चिफ इडिटर समेत रहनुभएका डा. अन्जय कुमार मिश्रा (एम.बी.ए, पि.एच.डी, पी.डी.एफ, डी.एससी(एस)) ले जर्नल मार्फत अहिलेको युगमा आवश्यक विभिन्न ऐतिहासिक विषय बस्तुको उठान गरी समाजमा विशेष योगदान पुग्ने कार्यको एसपीए कलेजले थालनी गरेकोमा खुसी व्यक्त गर्दै अहिले राति सुत्दा बिहान प्रविधि परिवर्तन भइरहेको बताउँदै विद्यार्थीले रिसर्च गर्न नसके पनि सर्च गर्न अति आवश्यक रहेको बताए । उनले भने, ‘अहिले प्रविधि निकै नै फड्को मार्दै छ । अहिलेको विद्यार्थीहरूले रिसर्च गर्न नसके पनि सर्च भने अवश्य गर्नु पर्छ । जसले सर्च गर्ने वैज्ञानिक तरिका सिक्छ त्यो विद्यार्थीले अब्बल हुन्छ ।’ 

यस्तै आजै कलेजले प्राध्यापकहरू तथा कर्मचारी हरूको लागि आयोजना गरेको तिन दिने एकेडेमीक रिसर्च राइटिङ स्किल वर्कसपको समेत समापन गरिएको छ । यस वर्कसपबाट सहभागीहरू को व्यक्तित्व विकासका साथै आगामी दिनमा प्रकाशन हुने जर्नलहरू मा रिसर्च सामाग्री प्रकाशनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार