आफ्नो कम्प्युटरका लागि उपयुक्त स्टोरेज खोज्दै हुनुहुन्छ ? एचडीडी र एसएसडी बिच यस्ता छन भिन्नता ?

आफ्नो कम्प्युटरका लागि उपयुक्त स्टोरेज खोज्दै हुनुहुन्छ ? एचडीडी र एसएसडी बिच यस्ता छन भिन्नता ?
आफ्नो कम्प्युटरका लागि उपयुक्त स्टोरेज खोज्दै हुनुहुन्छ ? एचडीडी र एसएसडी बिच यस्ता छन भिन्नता ?
प्रकाशित : :

काठमाडौं : आफ्नो कम्प्युटरका लागि उपयुक्त स्टोरेज छान्नु तपाईंका लागि सजिलो काम नहुन सक्छ । स्टोरेजको क्षमता र मूल्यलाई मात्र आधार मानी यसको निर्क्यौल गर्न कठिन हुन्छ ।

कुन स्टोरेजले कस्तो पर्फर्मेन्स दिन्छ, पावर कति खपत गर्छ र यसको विश्वसनीयता कस्तो छ भनेर थाहा पाउन जरुरी हुन्छ । हामीसँग भएका दुई मुख्य स्टोरेज विकल्पमा हार्ड डिक्स ड्राइभ (एचडीडी) र सोलिड स्टेट ड्राइभ (एसडीडी) हुन् । एचडीडीमा म्याग्नेटिक डिस्कहरू हुन्छन्, जसले डेटा राइट र रिड गर्छ । अर्थात् एचडीडीले म्याग्नेटिक स्टोरेज प्रविधि प्रयोग गरेर डेटा भण्डारण गर्छ र पुनःप्राप्ति (read/write) गर्दछ ।

यता एसएसडीमा भने फ्ल्याश मेमोरी प्रयोग गरी डेटा भण्डारण गरिन्छ । अर्थात् एसएसडीले डेटा स्टोर गर्न फ्ल्याश मेमोरी चिप प्रयोग गर्दछ । फ्ल्याश मेमोरीले विद्युतीय रूपमा डेटा लेख्छ र पढ्छ, जसले गर्दा एसएसडी धेरै छिटो तथा स्थिर हुन्छ ।

आज हामीसँग यी दुईबीच तुलना गर्दैछौं, जसबाट तपाईंलाई उपयुक्त स्टारेज छान्न सहज हुनेछ ।

क्षमता 

ल्यापटप वा डेस्कटप कम्प्युटरका लागि एसएसडी र एचएचडी दुवै समान क्षमताका साथ तपाईंले बजारमा पाउन सक्नुहुन्छ । अधिकांश कम्प्युटरहरुमा १ टीबी वा २ टीबीभन्दा माथि क्षमताको हार्डड्राइभ हुँदैन ।

यता २ टीबीभन्दा माथिको एसएसडी पाउन मुस्किल हुन्छ । तर यही क्षमताको एचडीडी भने धेरै हुन्छन् । त्यत्तिकै सस्तो पनि । यसर्थ यदि तपाईंलाई उच्च क्षमताको स्टोरेज आवश्यक छ भने एचडीडी तपाईंका लागि राम्रो अप्सन बन्न सक्छ । 

यसर्थ, एचडीडीमा ठूलो मात्रा (टेराबाइट्समा)मा डेटा भण्डारण गर्न सकिन्छ भने एसएसडीमा त्यति ठूलो क्षमता पाइँदैन ।

मूल्य 

एसएसडीको मूल्य पछिल्ला केही वर्षमा निकै घटेको छ । २ टीबीसम्म क्षमतामा पाउनका लागि तपाईंले अतिरिक्त खर्च गर्नुपर्दैन । तर एचडीडी त झन् अझै सस्तो मूल्यको प्रविधि हो । 

एउटा २ टीबीको एसएसडीलाई २० देखि २५ हजार रुपैयाँसम्म पर्छ भने त्यही क्षमताको एचडीडी ७/८ हजार रुपैयाँमै पाउन सकिन्छ । जबकि ५१२ जीबीको एसएसडीका लागि मात्र तपाईंले ८-१० हजार रुपैयाँ खर्च गर्नुपर्छ ।

एचडीडी सस्तो हुन्छ । त्यसैले ठूलो क्षमताको स्टोरेज सस्तो मूल्यमा खोज्नेहरूका लागि यही फाइदाजनक हुन्छ ।

 विश्वसनीयता

एसएसडीमा हलचल हुने पुर्जा हुँदैनन् । जसले गर्दा एसएसडी निकै नै किफायती हुन्छ । यो झर्दा, वा फाल्दा समेत टुट्ने फुट्ने किसिमको हुँदैन ।

पुरानो हुँदै जाँदा र धेरै प्रयोग गर्दा पनि यसमा मेकानिकल समस्या आउँदैन । यसकारण एसएसडी एचडीडीको तुलनामा धेरै विश्वसनीय हुन्छ । 

तर याद गर्नुपर्ने अर्को कुरा भनेको एसएसडीमा सीमित पटक मात्र राइट गर्न मिल्छ । त्यसैले यसमा धेरैपटक डेटा राइट गरियाे भने यो बिग्रिनसक्छ । 

यता एचडीडीमा म्याग्नेटिक डिस्क र रिड/राइट हेड​ जस्ता चलायमान भागहरू हुने भएकोले ‘मेकानिकल फेलर’ को सम्भावना हुन्छ । यद्यपि एचडीडीको आयु सामान्यतया लामो हुन्छ।

एसएसडी प्रविधिमा अहिले सुधार भएको छ । अपरेटिङ सिस्टम पनि अझै स्मार्ट भएक‍ा छन्, जसले डिभाइसमा डेटा कसरी राइट गर्ने भन्ने कुरा बुझाउन मद्दत गरेको छ । 

समग्रमा एचडीडीभन्दा एसएसडी ​भरपर्दो हुन्छ । यसमा चलायमान भागहरू नहुनाले क्षति हुने सम्भावना कम हुन्छ । 

 पर्फमेन्स

जब तपाईं एचडीडीबाट एसएसडीमा जानुहुन्छ, तब यी दुईबीचको पर्फमेन्स लेभल निकै फरक पाउनुहुनेछ । परम्परागत हार्ड डिस्क ड्राइभमा विन्डाेज कम्प्युटर बूट अर्थात स्टार्ट वा रिस्टार्ट हुन धेरै समय लाग्छ ।

एसएसडीबाट हुने बुटिङ सेकेन्डमा मापन गर्न सकिन्छ । एसएसडीबाट गरिने जुनसुकै काम पनि एचडीडीमा भन्दा छिटो हुन्छ । फाइल पढ्ने, सेभ गर्ने, एप स्टार्ट गर्ने आदि सबै काम यसमा छिटो रुपमा सम्पन्न हुन्छन् । 

एसएसडीले डेटा तत्कालै एक्सेस गर्न सक्ने हुँदा कम्प्युटरको बुट समय, एप्लिकेसन लोड समय र फाइल ट्रान्सफर गति सबैमा सुधार ल्याउँछ । साथै समयसँगै एचडीडी जस्तो एसएसडी स्लो डाउन भएर पनि जाँदैन । ड्राइभ फुल हुँदा समेत यसको पर्फमेन्स सधैं उस्तै रहन्छ ।  -टेकपानाबाट साभार

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार