यसपालिको कक्षा १२ को परीक्षाफलमा एस.पी.ए कलेजको सुदूरपश्चिममा रेकर्ड

कक्षा १२ मा एसपीए कलेजबाट सुदूरपश्चिम प्रदेशमै सर्वाधिक विद्यार्थी पास
प्रकाशित : :

धनगढी : हालै प्रकाशित भएको कक्षा १२ को नतिजामा सुदूर पश्चिमाञ्चल एकेडेमी एस.पी.ए कलेजले रेकर्ड कायम गरेको छ । सुदूरपश्चिम प्रदेशमै  सर्वाधिक सङ्ख्यामा विद्यार्थी उर्तिण गराउन सफल हुँदै एसपीए कलेजले रेकर्ड कायम गरेको हो । 

सुदूरपश्चिम प्रदेशमै सर्वाधिक सङ्ख्यामा १०६६ एक हजार छासठ्ठी विद्यार्थीहरू लाई अध्यापन गराई रहेको एसपीए कलेजबाट ५६१ पाँच सय एकसट्ठी विद्यार्थी पास भएका छन् । जम्मा विद्यार्थी सङ्ख्या बढी भएकोले नतिजा प्रतिशतमा कमी देखिए पनि सङ्ख्याको आधारमा उल्लेखित विद्यार्थी पास आउट सङ्ख्या सुदूरपश्चिम प्रदेशकै सर्वाधिक हो । 

यस्तै, एस.पी.ए कलेजमा कानुन संकाय अध्ययनरत विद्यार्थी रमित ढुङ्गानाले कानुन विषयबाट ३.७२ ग्रेड ल्याउँदै सुदूरपश्चिम प्रदेश समेत टप गरेका छन् । 

एसपीए कलेजले सुदूरपश्चिम प्रदेशमा यस पटकको कक्षा १२ को नतिजामा सबै भन्दा धेरै विद्यार्थी पास गराउने शैक्षिक संस्थाका रूपमा इतिहास कायम गरेको कुरा अभिभावक तथा सम्पूर्ण सरोकारवालाहरू सँग सेयर गर्न पाउँदा निकै हर्षित भएको बताउँदै एस.पी.ए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले कानुन विषयबाट सुदूरपश्चिम प्रदेशमा टप गर्न सफल विद्यार्थी रमित ढुङ्गानालाई बधाई समेत दिएका छन् । ‘सुदूरपश्चिम प्रदेशमा यस पटकको कक्षा १२ को नतिजामा इतिहास रच्न पाएको खबर सेयर गर्न पाउँदा निकै हर्षित छौँ । यस सँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त हाम्रो कलेजमा स्नातक तहका विभिन्न सङ्कायमा भर्ना खुलेकोले समयमै भर्ना गरी भविष्य सुनिश्चित गर्न हुन अनुरोध गर्दछु ।’ उपाध्यायले भने । 

यस पटकको कक्षा १२ को परीक्षाफलमा देशभरिबाटै नियमित तर्फको परीक्षामा ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये २ लाख तीन हजार ८४७ विद्यार्थी उर्तिण भएका थिए । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार