सेती अस्पतालको क्यान्टिनमा अखाद्य बस्तु फेला

सेती अस्पतालको क्यान्टिनमा अखाद्य बस्तु फेला
प्रकाशित : :

कैलाली :  कैलालीको सेती प्रादेशिक अस्पतालको क्यान्टिनमा अखाद्य बस्तु फेला परेको छ । धनगढी उपमहानगरपालिकाको खाद्य स्वच्छता तथा बजार अनुगमन समिति, वडा प्रहरी कार्यालय र खाद्य ब्यवस्था तथा गुण नियन्त्रण कार्यालयको सयुंक्त अनुगमनका क्रममा  अस्पतालको क्यान्टिनमा अखाद्य बस्तु भेटिएको हो । 

अस्पताल परिसरमा रहेको क्यान्टिनको एउटै फ्रिज भित्र मासु र दुध राखेको पाइएको छ । दुध र मासु एउटै ठाउँमा खुल्ला रुपमा राखिदा रिएक्सन हुने जोखिम रहेको अनुगमन समितिका सदस्य रमेश मल्लले जानकारी दिए । 

सो क्यान्टिनबाट ३ प्लेट नपकाएको मस् मस्, ३ किलो कलर हालेको अचार, ३ किलो चिकेन र १० लिटर दुध बरामद गरी नस्ट गरिएको हो । धनगढी उपमहानगरपालिकाकी उप प्रमुख कन्दकला राना सहित सहभागी अनुगमन समितिले अस्पतालको क्यान्टिनलाई दुई हजार जरिवाना गराएको छ । यसका साथै फेरी यस्ता गल्ती नगर्न चेतावनी दिइएको अनुगमन समिति सदस्य मल्लले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार