काँग्रेसका कमलबहादुरले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व सम्हाले सँगै यी व्यक्ति बने मन्त्री

काँग्रेसका कमलबहादुरले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व सम्हाले सँगै यी व्यक्ति बने मन्त्री
प्रकाशित : :

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले एकै दिनमा पूर्णता पाएको छ । सोमबार मुख्यमन्त्रीसहित सात मन्त्रालय र तीन राज्य मन्त्रीले एकै पटक शपथ लिएका छन् ।

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री शाहलाई प्रदेश प्रमुख नजिर मियाँले शपथ गराए । मुख्यमन्त्री शाहको शपथ ग्रहणलगत्तै उनले थप ६ जना मन्त्री र ३ जना राज्यमन्त्री नियुक्त गरेका छन् ।

सत्ता साझेदार दलहरूबीच यसअघि नै मुख्यमन्त्रीसहित आर्थिक मामिला र सामाजिक विकास मन्त्रालय कांग्रेसले पाउने, भौतिक पूर्वाधार विकास, भूमि व्यवस्था कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानून मन्त्रालय एमालेले पाउने सहमति भएको थियो ।

त्यस्तै कांग्रेसले २ र एमाले १ जना राज्यमन्त्री पाएका छन् । भागबन्डाअनुसार आफ्नो पार्टीले पाएको मन्त्रालयमा कांग्रेस र एमालेले मन्त्रीहरू सिफारिस गरेका थिए । संसदीय दलले गरेको सिफारिसअनुसार मुख्यमन्त्री शाहले काङ्ग्रेसबाट २ मन्त्री र २ राज्यमन्त्रीलाई शपथ ग्रहण गराएका थिए । एमालेबाट ३ मन्त्री र १ राज्यमन्त्रीले शपथ लिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार