फेरी धनगढीको सीतल डेरीमा भेटियो दोस्रो पटक अखाद्य दूध

फेरी धनगढीको सीतल डेरीमा भेटियो दोस्रो पटक अखाद्य दूध
प्रकाशित : :

धनगढी : धनगढीको सितल डेरीमा दोश्रो पटक अखाद्य दुध भेटिएको छ । धनगढी उपमहानगरपालिका, खाद्य ब्यवस्था तथा गुण नियन्त्रण कार्यालय तथा वडा प्रहरी कार्यालयको सयुंक्त अनुगमनका क्रममा सितल डेरीमा दोश्रो पटक अखाद्य दुध भेटिएको हो ।

धनगढी उपमहानगरपालिका १ नगरपालिका रोडमा रहेको सितल डेरीमा खुल्ला पानीमा दुधको भाँडो राखेको पाइएको हो । अनुगमन समिति सदस्य रमेश मल्लका अनुसार गत आर्थिक बर्ष अनुगमनका क्रममा सो डेरीबाटै एक सय लिटर अखाद्य दुध जफत गरीएको थियो । अनुगमन समितिले यस पटक फेरी सोही डेरीमा १० लिटर दुध खुल्ला भाँडोमै राखेको फेला पारेको हो ।

गत आर्थिक बर्षमा एक सय लिटर दुध अखाद्य भेटिएपछि सम्झाएर फर्किएका थियौँ अनुगमन समिति सदस्य रमेश मल्लले भने “गत साउन १७ गते अनुगमनका क्रममा फेरी सोही गल्ती पाइयो, अनी दुध बरामद गरेर नस्ट गरेका छौँ, डेरीहरुकहाँ दुध राख्ने छुट्टै भाँडो हुनुपर्छ, बन्द भाँडो हुन्छ, तर सितल डेरीले यस अघीपनि बाहिर पानीमा खुल्ला दुधको भाँडो राखेको पाइएको थियो, यस पटकपनि त्यस्तै पाइयो, सो डेरीले कयौँ दिनअघीको पानीमा खुल्ला रुपमा दुधका भाँडा राख्ने गरेको छ, त्यो पानीमा कयौँ किटाणु, झिगां बसेका हुन्छन्, ति किटाणु दुधमापनि जाँदा मानविय स्वास्थ्यमा निकै अशर पर्छ, त्यस कारण सितल डेरीलाई अन्तिम चेतावनी दिएका छौँ, फेरी कैफियत भेटिए सिल गरिन्छ ।”

नगरपालिकाको खाद्य स्वच्छता तथा बजार अनुगमन समितिले नियमित अनुगमनका क्रममा सितल डेरीको दुधमा दोश्रो पटक कैफियत देखिएको हो । दुधका साथै लड्डु बनाउन तयार पारिएको पिठोमा समेत कैफियत भेटिएको मल्लले बताए । लड्डु बनाउनका लागी तयार पारिएको पिठोमा समेत कलर मिसाएको पाइएपछि सितल डेरीबाट २० किलो सो पिठो बरामद गरी नस्ट गरिएको उनले बताए । उपभोक्ताहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै उपमहानगरको सो टोलीले नियमित बजार अनुगमन गर्ने गरेको उनले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार