बैतडी समाज कैलालीले धनगढीमा गर्ने १३औँ रक्तदान महोत्सवको तयारी पूरा

धनगढीमा १३औँ बृहत् रक्तदान महोत्सव गरिँदै, पहिलो पटक रक्तदान गर्नेलाई अफरै-अफर
प्रकाशित : :

धनगढी : “रक्तदान जीवन दान” को मूल मर्म लाई आत्मसाथ गर्दै कैलाली उद्योग वाणिज्य संघ, कैलालीको सहकार्य र रेडक्रस सोसाइटी कैलालीको प्राविधिक सहयोगमा, साउन-२६ गते, शनिवारको दिन, उत्तरबेहडी स्थित पदमा हेल्थ (नर्सिङ) कलेजको प्राङ्गणमा बैतडी समाज कैलालीले १३औँ रक्तदान महोत्सवको तयारी पूरा गरेको छ।।

कैलाली उद्योग वाणिज्य संघ ले उक्त दिन मनाउन गै रहेको आफ्नो ५०औँ वार्षिक साधारण सभाको अवसरमा आफ्नो सामाजिक सेवा कार्य निमित्त समाजको १३औँ रक्तदान महोत्सवमा सहकार्य गरेको हो।

प्रादेशिक रक्त सञ्चार केन्द्र कैलालीका प्रमुख धरणी प्रसाद पन्त र स्थानीय विभिन्न कलेज हरू साथै विभिन्न व्यक्ति विशेष, संघ संस्थाहरू लगायतका ठाउँ ठाउँमा भेला र भेटघाट कार्यक्रम मार्फत समाजले “रक्तदान सचेतना” कार्यक्रमहरू पनि सम्पन्न गरेको छ।।

यस पटकको उक्त रक्तदान महोत्सवमा धनगढी प्राविधिक नमुना विद्यालयका २३ जना विद्यार्थी हरू सहित थुप्रै जनाले पहिलो पटक रक्तदान गर्ने तयारी गरेको कुरा कार्यक्रम संयोजक वीर बहादुर महराले बताए । समाजका थुप्रै नियमित स्वयंसेवी रक्तदाताहरू सदा झैँ उपस्थित भएर रक्तदान गर्नु हुनेछ ।

पहिलो पटक रक्तदान गर्नु हुने रक्तदाता महानुभाव हरूलाई स्थानीय विभिन्न समाजसेवी व्यक्ति, अस्पताल, रेस्टुरेन्ट, सर्जिकल हाउस, बेकरी तथा कलर ल्याब हरूले आफ्नो सेवा सुविधामा पूर्ण नि:शुल्क र केहीमा  विशेष छुट पाउने गरी रक्तदाताको सम्मान मा समाज संङ्ग हातेमालो गरेको कुरा कार्यक्रम का सह-संयोजक लोकेश भट्टले बताए ।

रक्तदान को कार्यक्रम  बिहान ८:०० बजे देखि सुरु हुनेछ भने सहभागी हरूका निमित्त चियापान र खिर-खानाको समेत कार्यक्रम आयोजक बैतडी समाज कैलालीले व्यवस्थापन गरेको छ।।

उक्त कार्यक्रममा उपस्थिति का लागि धनगढी वासी सम्पूर्ण लाई समाजका अध्यक्ष, समाजसेवी, माया प्रकाश भट्ट ले हार्दिक अपिल गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार