कैलालीका थारू समुदायले मनाए शुक्रबार गुरही पर्व

कैलालीका थारू समुदायले मनाए शुक्रबार गुरही पर्व
प्रकाशित : :

धनगढी : कैलालीका थारू समुदायले शुक्रबार गुरही पर्व मनाएका छन् । गुरही पर्व मुल आयोजक समितिको आयोजना धनगढी उपमहानगरपालिकाको गुरही चौकमा गुरही अस्रैना कार्यक्रम गरिएको हो । युवतीहरूले फालेको गुडियालाई युवाहरूले कोर्रा हानी गुरही मनाइएका थिए ।

गुडियालाई गाईने किराको प्रतीक मानी कोर्रा हिर्काउँदा रोगव्याधी टाढा भाग्ने विश्वास थारू समुदायमा रहेको बातचित घरका संयोजक थारू करिया प्रधानले बताए ।

पर्वको अवसरमा गुरही चोकमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । सांस्कृतिक कार्यक्रम साँझ ७ बजेसम्म चल्ने सखी सञ्जलकी अध्यक्ष उन्नती चौधरीले बताइन् ।

पश्चिम नेपालको थारु समुदायले नाग पञ्चमीको दिन मनाइने गुरही (गुरिया) पर्व मनाउने गरेका छन् । विशेषगरी पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, सुर्खेत जिल्लाका बस्ती बस्तीका साथै पछिल्लो समय काठमाडौँमा समेत भव्यताका साथ पर्व मनाउन थालिएको छ ।

गाउँघरबाट रोगव्याधी हट्ने र शान्ति तथा सद्भाव बढ्ने मान्यताका साथ परम्परागत संस्कार, चालचलनअनुसार नागपञ्चमीकै दिन साँझपख भव्यताका साथ पर्व मनाउने प्रचलन थारु समुदायमा रहँदै आएको करिया प्रधानले बताए । पर्वमा भाइ बहिनीको उपस्थिति विना अपूरो हुने हुँदा यस पर्वले दाजुभाइबिचको माया प्रेम थप प्रगाढ बनाउँदै आएको उनले बताए ।

पछिल्लो समय गुरही पर्व औपचारिक रूपमा मनाउन थालिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका ८ क्याम्पस रोडस्थित गुरही चौकमा भव्य रूपमा गुरही कार्यक्रमको आयोजना गरिएको हो ।

आयोजक सखी सञ्जाल कैलालीकी अध्यक्ष उन्नति चौधरीले विगत १५ वर्षदेखि नियमित रूपमा औपचारिक रूपमा विभिन्न कार्यक्रम गरी गुरही पर्व मनाउँदै आएको बताइन् । पर्वको पूर्वसन्ध्यामा बिहीबार गुरही चोकमै आयोजकले रक्तदान कार्यक्रम गरिएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार