हरिद्वारबाट जल बोकेर हिँडेरै पशुपति गइरहेका बाजुराका चन्दु

हरिद्वारबाट जल बोकेर हिँडेरै पशुपति गइरहेका बाजुराका चन्दु
प्रकाशित : :

कैलाली : बाजुरामा जन्मेका चन्दु कार्कीको बाल्यकाल भारतमै बित्यो । उनका बुवाआमाले सानैमा भारत लगेकाले उनी उतै हुर्किए, उतै पढे । उमेरले २६ वर्ष पुगेका उनले अलमोडा विद्यालयबाट स्तातक पास गरेका छन् । त्यसपछि उनले भारतको दिल्लीस्थित जनपुरीमा एक बैंकमा काम गरे । सानैदेखि यात्रा गर्ने तथा आफ्नो धर्मसंस्कृति जोगाउने रुचि भएका उनी धेरै समय जागिरमा टिक्न सकेनन् । ६ महिना बैंकमा जागिर गरेपछि अन्ततः उनले आफ्नो धोकोलाई अगाडि बढाउने निधो गरे ।

सुरुवातमा उनले ११ महिनासम्म पैदल यात्रा गरेर पूरै भारतको भ्रमण गरे । उनले हिमाञ्चल र उत्तराखण्डको भने पूरै भू–भाग हिँडेर घुमेका छन् । त्यसपछि भने उनलाई आफ्ना मातृभूमि नेपालमा पनि घुम्ने रहर लाग्यो । त्यसका लागि उनले भारतको हरिद्वारबाट जल लगेर पशुपतिनाथको मन्दीरमा अर्पण गर्ने लक्ष्य लिए ।

सुरुमा त परिवारले उनलाई त्यसका लागि अनुमति दिएन । तर, धेरै प्रयासगरेपछि उनी परिवारको मञ्जुरी लिन सफल भए । त्यसपछि हरिद्वारबाट २ लोहोटा जल बोकेर उनी १८ दिनअघि त्यहाँबाट हिँडे । १८ दिनपछि उनी १२ सय किलोमिटर हिँडेर कैलालीको पूर्वी भागमा पुगे । आफूलाई शिवको भक्त बताउने उनी दिनको २० देखि ३० किलोमिटरसम्म हिँड्ने बताउँछन् ।

‘म एउटा झोला, सुत्नलाई म्याट, लठ्ठी र २ लोटा जल बोकेर हिँडेको छुँ । सायद पशुपति पुग्न अझैं २२ दिन लाग्छ होला’ उनले भने । आफ्नो कुनै मनोकामना नभएको बताउदै उनले धर्म संरक्षणका लागि मात्रै यो कार्य गरिरहेको बताए ।

उनले नेपालीहरुबाट राम्रो साथ पाइरहेको बताएका छन् । ‘खानपान र बसोबासको व्यवस्था विभिन्न पूजारीहरुले मन्दीरमा गर्नुहुन्छ । केही स्थानमा स्थानीयले सहयोग गर्नुहुन्छ । जोखिमयुक्त स्थान जस्तै बाटोमा पर्ने जंगल तथा निकुञ्ज सुरक्षाकर्मीको सहयोगबाट पार गर्छु’ उनले भने । –कागजपत्रबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार