धनगढीको अक्टेभ म्युजिक सेन्टरको प्रस्तुति ‘सोचेको जस्तै’ बोलको म्युजिक भिडियो सार्वजनिक

धनगढीको अक्टेभ म्युजिक सेन्टरको प्रस्तुति 'सोचेको जस्तै' बोलको म्युजिक भिडियो सार्वजनिक
प्रकाशित : :

धनगढी : धनगढीको अक्टेभ म्युजिक सेन्टरको प्रस्तुति ‘सोचेको जस्तै’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधवार राजसा युट्युब च्यानल बाट उक्त आकर्षक म्युजिक भिडियो सार्वजनिक भएको हो ।

उक्त गीतमा गायक तथा गीतकार राज चौधरीको आवाज रहेको छ । भने अरेन्ज अर्जुन रावतले गरेका हुन् ।

जनक कुँवर, करिना हमाल, क्रिस्टिना जैरु, बिपिन, सुमन धामी, दिनेश पन्त, हिमांशु बोहरा लगायतका कलाकारहरूको कास्टीङ रहेको म्युजिक भिडियोको छायाङ्कन टेक बमले गरेका हुनछन् ।

यस्तै, भिडियोमा उठान गरिएको कथा, निर्देशन र इडीट एभरेस्ट फिल्म एकेडेमीबाट डाइरेक्सन समेत पढेका सञ्जीव रावल (सिमसिम) को रहेको छ ।

धनगढी क्षेत्रको प्रोडक्सनमा निर्माण गरिएको उक्त म्युजिक भिडियोको क्वालिटी र कन्टेन्टको प्रशंसा भइरहेको छ । यस्तो छ म्युजिक भिडियो ?

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार