काठमाडौँ : पशुपतिनाथ मन्दिरमा आयोजित कोटिहोममा आचार्य कृष्ण दमाईंले पहिलो पटक दलित समुदायबाट पण्डित व्यासासनमा प्रवचन दिनुभएको छ ।
बैतडीका दमाईंले नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ बेलझुन्डी दाङबाट संस्कृत साहित्यमा आचार्य गर्नुभएको छ ।
यो भन्दा अगाडी उनले कञ्चनपुरको शारदा विद्यापीठबाट संस्कृत विषयमा उत्तरमध्यमा र शास्त्री उत्तीर्ण हुनुभएको थियो । उहाँ दलित समुदायका पहिलो आचार्य पनि हुनुहुन्छ ।