बैतडी समाज कैलालीद्वारा आयोजित रक्तदान महोत्सवमा ३० जनाकाे नौलो सुरुवात, ७७ पिन्ट रगत सकंलन

धनगढीमा आयोजित रक्तदान महोत्सवमा ७० पिन्ट रगत सकंलन
प्रकाशित : :

धनगढी : धनगढीमा आयोजित रक्तदान महोत्सवमा ७० पिन्ट रगत सकंलन भएको छ । शनीबार बैतडी समाजको आयोजना तथा कैलाली उद्योग बाणिज्य संघ, कैलालीको सहकार्य र रेडक्रस सोसाइटी कैलालीको प्राविधिक सहयोगमा उत्तरबेहडीस्तिथ पदमा नर्सिङ कलेजको प्राङ्गणमा आयोजित १३औँ रक्तदान महोत्समा ७७ पिन्ट रगत सकंलन भएको हो ।

उक्त रक्तदान महोत्सवमा ७७ जनाले रगत दान गरेका र त्यस मध्ये पनि ३० जनाले पहिलो पटक गरेको बैतडी समाज कैलालीका अध्यक्ष माया प्रकाश भट्टले बताए ।

रक्तदान महोत्सव गर्नु भन्दा अगाडि विभिन्न कलेजहरु साथै विभिन्न ब्यक्ति विशेष, संघ संस्थाहरु लगायतका ठाउँठाउँमा भेला र भेटघाट कार्यक्रम मार्फत समाजले “रक्तदान सचेतना“ कार्यक्रमहरु पनि सम्पन्न गरेको थियो ।

यसपटकको उक्त रक्तदान महोत्सवमा धनगढी प्राविधिक नमुना बिद्यालयका थुप्रै बिद्यार्थी हरु सहित ३० जनाले पहिलोपटक रक्तदान गरेको कार्यक्रम सह-संयोजक राज बहादुर चन्दले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार