बन्न थाल्यो गौतमबुद्ध क्रिकेट रङ्गशाला, बागमती प्रदेश सरकारले ७० प्रतिशत व्यहोर्ने

बन्न थाल्यो गौतमबुद्ध क्रिकेट रङ्गशाला
प्रकाशित : :

भरतपुर : भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका– १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण थालेको छ । अहिले प्यारापिट मुनि ढुङ्गाको सोलिङको धमाधम भइरहेको महानगरपालिकाको सहरी पूर्वाधार महाशाखका प्रमुख सन्तोष आचार्यले जानकारी दिनुभयो ।

महानगरसँग सम्झौता गरेको ठेकेदार कम्पनीले फिल्डमा काम शुरु गरेको हो । रङ्गशाला निर्माणको अनुमानित लागत ७५ करोड ५० लाख ९१ हजार एक सय ८९ छ ।

 २०८३ साल पुस २२ गतेसम्ममा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको छ । चालू आर्थिक वर्षमा सङ्घीय सरकारले २५ करोड र भरतपुर महानगरपालिकाले चार करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

बागमती प्रदेश सरकारले कुल ठेक्का रकमको ७० प्रतिशत व्यहोर्ने सहमति गरेको छ । शुरुमा रङ्गशाला निर्माण थालेको धुर्मस सुन्तली फाउण्डेशनले पाँच हजार जना अट्ने प्याराफिट तयार गरिसकेको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार