दर्शकलाई रुवाउँदै सन्देश दिने नेपाली चलचित्र ‘जुना’को विशेष सो धनगढीको एसटिएस सिनेमा हलमा

दर्शकलाई रुवाउँदै सन्देश दिने नेपाली चलचित्र ‘जुना’को विशेष सो धनगढीको एसटिएस सिनेमा हलमा
प्रकाशित : :

धनगढी:  क्रिकेटको सहर धनगढीमा अवस्थित एसटिएस सिनेमा हलमा नेपाली चलचित्र ‘जुना’को विशेष सो सञ्चालनमा रहेको छ । सिनेमा निमार्ण पक्षले धनगढीको एसटीएस सिनेमा हल सँगको सहकार्यमा विद्यार्थीका लागि विशेष सो चलाएको हो ।

नेपाली समाजका बाजे पुस्ताले गरिबी, अशिक्षा, अन्धविश्वास र रुढीवादी परम्पराका कारण भोगेका समस्या महिला हिंसा, बालविवाह, शोषण जस्ता कुराहरू अत्यन्त अप्रिय थिए । भरखरै आफैले भोगे जस्तो महसुस गराउँदै दर्शकलाई रुवाउँदै सन्देश दिने  चलचित्र हो जुना । 

अहिलेको शिक्षित समाजमा पनि कहीँ कतै कुनै फरक एवं अप्रत्यक्ष रूपमा त्यस्ता अमानवीय क्रियाकलापहरू भई रहेका छन् तिनलाई निर्मूल पार्नु पर्छ भन्ने उद्देश्यले निर्माण गरिएको उक्त चलचित्र हेर्न आएका विद्यार्थी दर्शकले बिहीबार एसटीएस सिनेमा हल हाउस फुल थियो । 

आजका बालबालिका तथा विद्यार्थी भोलीका कर्णधार भएकाले विद्यार्थीहरू को सिकाइका लागि दृश्य सामाग्री अत्यन्तै प्रभावकारी हुने महसुस गरेर एसटिएस सिनेमा हलले विद्यार्थीहरू लक्षित विशेष सो चलाएको एसटिएस सिनेमा हलका व्यवस्थापक योगेन्द्र नायकको भनाई छ । 

चलचित्र हेरेर फर्किदा कति विद्यार्थीहरूले भावुक हुँदै बाजे बजैले सुनाएको कथा सम्झिए भने कतिले आफ्नै आमाले भोगेको व्यथा । 

चलचित्र हेर्दा उत्साहित र आनन्दित हुने उनीहरूले पहिलो पटक मन परेको चलचित्रले पनि रुवाउँदो रहेछ, इतिहास सम्झाउँदो रहेछ भन्ने बुझे । 

नेपाली समाजले भोगेको यथार्थ इतिहासलाई श्रव्य सामग्री मार्फत २१ औँ शताब्दीका युवायुवती विद्यार्थीहरूलाई जुना चलचित्र पस्किन पाउँदा गौरवान्वित महसुस गरेको बताउँदै चलचित्रका निर्देशक जीवन सेन्चुरीले हिजो प्रत्यक्ष रूपमा भोगेको इतिहासबाट आज केही न-केही सिक्न सकिन्छ सुधार गर्न सकिन्छ, आज कतै अप्रत्यक्ष रूपमा स्वरूप परिवर्तन गरेर हामी माथि हिंसा र शोषण त भइरहेको छैन भनी जनचेतना जागृत गर्ने उद्देश्यले जुना चलचित्रलाई विभिन्न स्थानीयपालीकामा गएर प्रोजेक्टर बाट होस् या सहरी क्षेत्रका विभिन्न उमेर समूहका विद्यार्थीहरूलाई सिनेमाहलहरुमा विशेष सो मार्फत चलचित्र देखाइरहँदा प्रतिक्रियाहरूले उत्साहित गराएको बताएका छन् । 

यथार्थ भोगाइमा आधारित  ‘जुना’ चलचित्र निमार्ण पक्ष र एसटीएस सिनेमाले अन्य विद्यालयहरू तथा कलेजहरू लाई पनि आफ्ना विद्यार्थीहरूलाई उक्त फिल्म देखाउन आह्वान गरेका छन् । 

दर्शकलाई रुवाउँदै सन्देश दिने नेपाली चलचित्र ‘जुना’को विशेष सो धनगढीको एसटिएस सिनेमा हलमा

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार