अन्तर्राष्ट्रिय स्तरमा उच्च छवि बनाएको एसपीए कलेजका विद्यार्थी त्रि.वि मा पनि सर्वोत्कृष्ट

अन्तर्राष्ट्रिय स्तरमा उच्च छवि बनाएको एसपीए कलेजका विद्यार्थी त्रि.वि मा पनि सर्वोत्कृष्ट
प्रकाशित : :

धनगढी : धनगढी स्थित एस.पी.ए कलेजमा अध्ययनरत प्रकाश चन्द त्रिभुवन विश्वविद्यालय टपर बन्न सफल भएका छन् । त्रि.वि ले लिएको बि.एच.एम पहिलो सेमेस्टरको परीक्षामा ३.९७ जिपिए सहित चन्द त्रिभुवन विश्वविद्यालयको दोस्रो टपर बन्न सफल भएका हुन् ।

उनले टी.यु अन्तरगतको बि.एच.एम संकाय अध्ययन गर्ने विद्यार्थीहरू मध्ये देशभरिमै सर्वाधिक अङ्क प्राप्त गर्नेमा दोस्रो स्थान हासिल गर्दै दोस्रो नेपाल टपर बनेका हुन ।

सुदूरपश्चिमै त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एक मात्र बि.एच.एम. र बि.आई.एम अध्यापन गराउने सुदूर पश्चिमाञ्चल क्याम्पस एस.पी.ए कलेज सधैँ युग सुहाउँदो र गुणस्तरीय शिक्षा दिन प्रतिबद्ध रहेको बताउँदै कलेजका बि.एच.एम कार्यक्रम निर्देशक रवीन्द्र परियारले टी.यु सेकेन्ड टपर बन्न सफल विद्यार्थी चन्दलाई बधाई ज्ञापन गरेका छन् । भने विद्यार्थीहरूले यसरी बारम्बार प्रमाणित गरिरहँदा गौरवान्वित महसुस गरेको उनको भनाई छ । ‘हाम्रो कलेजमा मात्र ३३ जना कोटा सङ्ख्याका लागि नयाँ भर्ना खुलेको छ । सी-म्याट परीक्षा फारम बुझाउने अन्तिम मिति यही भाद्र १४ गते सम्म रहेको हुँदा इच्छुक विद्यार्थीलाई समयमै सम्पर्क गर्न समेत आग्रह गर्दछु ।’ उनले भने ।

यस्तै एस.पी.ए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले एस.पी.ए कलेज होटेल म्यानेजमेन्ट पढाउने नेपालकै उत्कृष्ट कलेजहरू मध्येको कलेजका रूपमा अन्तर्राष्ट्रिय स्तरमै छवि बनाउन सफल भएको बताउँदै कलेजमा बि.एच.एम सँगै विविध संकायहरुमा अध्ययनरत विद्यार्थीहरूले विश्वविद्यालय स्तरीय परीक्षाहरूमा ल्याउने उत्कृष्ट नतिजाबाट नै एस.पी.ए कलेज शैक्षिक गुणस्तरीयता अन्तर्राष्ट्रिय विश्वविद्यालय स्तरको सिकाई कला र अनुभव भएको कलेज हो भनी प्रमाणित गरेको बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार