अक्टेभ म्युजिक सेन्टरको लाउड एण्ड लाइभ साङ्गीतिक कार्यक्रमको तेस्रो संस्करण सम्पन्न

अक्टेभ म्युजिक सेन्टरको लाउड एण्ड लाइभ साङ्गीतिक कार्यक्रमको तेस्रो संस्करण सम्पन्न
प्रकाशित : :

धनगढी : अक्टेभ म्युजिक सेन्टरको लाउड एण्ड लाइभ साङ्गीतिक कार्यक्रमको तेस्रो संस्करण सफलताका साथ सम्पन्न भएको छ। १ भदौ शनिवार उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

२०७४ साउन ४ गते स्थापना भएको अक्टेभ म्युजिक सेन्टरले धनगढीमा विभिन्न साङ्गीतिक गतिविधिहरू गर्दै आइरहेको छ ।

अक्टेभ म्युजिक सेन्टरका सञ्चालक राज चौधरीका अनुसार नयाँ प्रतिभाहरूलाई एउटा अवसरको मञ्च प्रदान गरी प्रोत्साहित गर्नु र युवाहरूलाई मनोरञ्जनका साथै सांगेतिक माहौल जमाउने कार्यक्रमको मुख्य उद्देश्य रहने गरेको छ । भने अझै यस्ता कार्यक्रम गरिरहने चौधरीले बताएका छन् ।

उक्त कार्यक्रममा निरन्तर ब्यान्ड, स्याडो ब्यान्ड, फ्युजन मोक्ष ब्यान्ड, आवरन ब्यान्ड, म्युजिक सेन्टरको सामूहिक साङ्गीतिक प्रस्तुति रहेको थियो ।

यस्तै, लाउड एण्ड लाइभ साङ्गीतिक कार्यक्रमको तेस्रो संस्करण लाई म्युजिक सप, मुस्कान डेन्टल होम, बगैँचा रिसोर्ट, मोहराइन जब्स, डिजे अशोक, डिजे म्याक्स, आरकेसी टेन्ड सर्भिस, साइमा, रिद्दिसिद्दी पार्टी प्यालेस, रक स्टार मिडिया, एकलाप मिडियाज र सोधपत्रको साथ रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार