फाप्ला क्रिकेट मैदान बनाउन भारतीय प्रधानमन्त्रीलाई आग्रह गरेकी छु : परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री आरजु राणा देउवाले कैलालीको भारतसँग सीमाना जोडिएको गौरीफन्टा नाका र फाप्ला क्रिकेट मैदानका बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी भएको बताएकी छन्। 
प्रकाशित : :

धनगढी : परराष्ट्रमन्त्री आरजु राणा देउवाले कैलालीको भारतसँग सीमाना जोडिएको गौरीफन्टा नाका र फाप्ला क्रिकेट मैदानका बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी भएको बताएकी छन्। 

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को वडा कार्यालयको उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री देउवाले यस्तो बताएकी हुन्। उनले भारतका प्रधानमन्त्री मोदीसँग सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको धनगढी-गौरीफन्टा नाकाको सतरोन्नति गरिदिन र धनगढीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाइदिन अनुरोध गरेको बताइन्। 

‘मैले सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको गौरीफन्टा नाकाको स्तरोन्नतिका लागि भारतीय प्रधानमन्त्रीसँग कुराकानी गरेको छु। त्यसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सकारात्मक देखिनुभएको छ,’ देउवाले भनिन्। 

उनले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई धनगढी-गौरीफन्टा नाकाको महत्वका बारेमा लेखेर पठाउन निर्देशन दिएको समेत बताइन्। ‘नाकाको उपादेयताका बारेमा लेख्न भनेको छु। यस नाकाले नेपाल र भारतको ब्यापार ब्यवसायमा हुने बढोत्तरीका बारेमा पनि लेख्न भनेकी छु। त्यो सबै कुरा भारतलाई लिखितरूपमा बुझाउन भनेको छु,’ उनले भनिन्।

परारापष्ट्रमन्त्री देउवाले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउनका लागि पनि भारतीय प्रधानमन्त्रीलाई आग्रह गरेको बताइन्। ‘मैले भारत भ्रमणका क्रममा फाप्ला क्रिकेट मैदान, महाकाली नदीका विभिन्न स्थानमा पक्की पुल बनाउन पनि कुराकानी गरेको छु। त्यसमा भारतीय प्रधानमन्त्री सकारात्मक देखिनुभएको छ,’ उनले भनिन्।
 
परराष्ट्रमन्त्री भएपछि देउवा पहिलो पटक गृहनगर धनगढी आएकी हुन्। बुधबार विहान धनगढी विमानस्थलममा कार्यकर्ताहरूले उनको भब्य स्वागत गरेका थिए। मोटरसाइकल र कारमा पुगेका कार्यकर्ताहरूले नाराबाजी गर्दै परराष्ट्रमन्त्री देउवालाई विमानस्थलबाट देउवा निवास उत्तरबेहडीसम्म र्‍याली गरेर पुगाएका थिए। 

मन्त्री राणाको स्वागतमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा, सामाजिक विकास मन्त्री मेघराज खड्का, राज्य मन्त्री सरस्वती खड्कालगायतका मन्त्री तथा प्रदेश सभा सदस्यहरूको उपस्थिति थियो।

मन्त्री राणा धनगढी स्थित आफ्नो घरमा गौरा बिसर्जनका लागि आएकी हुन्। आरजुले हरेक वर्ष धनगढी स्थित आफ्नो निवासमा हरेक वर्ष गौरा पर्व मनाउँदै आएकी छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार