पारा ओलम्पिकमा पलेशाले जिताइन् ऐतिहासिक कांस्य पदक

पारा ओलम्पिकमा पलेशाले जिताइन् ऐतिहासिक कांस्य पदक
प्रकाशित : :

काठमाडौं : नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन् ।

नेपाली खेलकुदले जितेको यो अहिलेसम्मकै ठूलो पदक हो ।ओलम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो आधिकारिक पदक हो ।

पलेशाले पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार राति के-४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहबाट कांस्य जितेकी हुन् । उनले रिपिचेजको दोस्रो खेलमा सर्बियाकी मरिजा मिचेभलाई १५-८ स्कोरले हराइन् ।

पलेशाले दोस्रो पारा ओलम्पिक सहभागितामा पदक ल्याउन सफल भइन् । गत संस्करण उनी चिनकी खेलाडीसँग कांस्य पदक भिडन्तमा पराजित भएकी थिइन् ।

सन् १९८८ को सोल ओलम्पिकमा तेक्वान्दोका विधान लामाले प्रदर्शनी खेलमा कांस्य पदक जितेका थिए । नेपालले सन् १९६४ को टोकियोदेखि ग्रीष्मकालीन ओलम्पिकमा तथा सन् २००४ एथेन्सबाट पारा ओलम्पिक खेल्न थालेको हो ।

यसअघि पलेशा शीर्ष वरीयताकी ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेससँग १०-८ ले पराजित हुँदा सेमिफाइनल पुग्न असफल भएकी थिइन् । रिपिचेजमा पहिलो खेलमा फ्रान्सकी चौथो वरीयताकी सोफी कार्भजनलाई २-१ स्कोरले हराएपछि पलेशा कांस्य पदक नजिक पुगेकी थिइन् ।

पहिलो चरणमा पलेशाले भेनेजुएलाकी भलेरिया मोराल्सविरुद्ध पिटिजीको आधारमा ३१-० को सहज जित निकालेकी थिइन्  ।

कविरस नेगी लामाको प्रशिक्षणमा रहेकी पलेशा गत चैतमा चीनमा सम्पन्न एसियाली ओलम्पिक छनोट चरण जित्दै पेरिस पुगेकी हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार