धनगढीमा एक लाख अमेरिकन डलर लगानी गरेर फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न सम्झौता

कैलालीको धनगढीमा सुदूरपश्चिममै पहिलो पटक फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न सम्झौता भएको छ।
प्रकाशित : :

धनगढीः कैलालीको धनगढीमा सुदूरपश्चिममै पहिलो पटक फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न सम्झौता भएको छ। एक लाख अमेरिकन डलर (एक करोड ३४ लाख ३३ हजार नेपाली रुपैयाँ) लगानी गरेर फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न सम्झौता भएको हो।

धनगढीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न अखिल नेपाल फूटबल संघका अध्यक्ष पंकज बिक्रम नेम्वाङ्ग र धनगढी उपमहानगरपालिका नगर प्रमुख गोपल हमालबिच आज (शनिबार) सम्झौता भएको हो।

अखिल नेपाल फुटबल संघको २०८१ भदौ ११ र १३ गतेको बैठकले कैलालीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न बजेट विनियोजन गर्ने निर्णय गरेको थियो। सुदूरपश्चिममै पहिलो पटक धनगढीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न फूलबारीको डिपो बजार नजिक धनगढी उपमहानगरपालिकाले उपलब्ध गराएको ५ बिघा जमिनमा कम्तिमा ५ हजार दर्शक बस्ने प्याराफिटसहितको प्रशिक्षण केन्द्र निर्माण गर्न सम्झौता गरिएको छ। एकेडेमी निर्माण गर्न पहिलो चरणमा एक लाख अमेरिकी डलर बजेट विनियोजन गरिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार