एस.पी.ए कलेज सुदूरपश्चिम प्रदेशमै ख्याति प्राप्त कलेज हो : सामाजिक विकाश मन्त्री खड्का

एस.पी.ए कलेज सुदूरपश्चिम प्रदेशमै ख्याति प्राप्त कलेज हो : सामाजिक विकाश मन्त्री खड्का
प्रकाशित : :

धनगढी : सुदूरपश्चिम प्रदेशका सामाजिक विकाश मन्त्री मेघराज खड्काले धनगढी स्थित सुदूर पश्चिमाञ्चल क्याम्पस एस.पी.ए कलेज सुदूरपश्चिम प्रदेशमै ख्याति प्राप्त कलेज भएको बताएका छन् । मन्त्री खड्काले आइतबार कलेजको बिआइएम र बिएचएम दोस्रो ब्याचमा अध्ययनरत विद्यार्थीहरू लाई बिदाइ गर्न आयोजना गरिएको ग्राण्ड ग्राजुएशन कार्यक्रममा सो कुरा बताएका हुन् । 

क्रार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले एसपीए कलेज सुदूरपश्चिम प्रदेशमै ख्याति प्राप्त कलेज रहेको र यहाँ अध्ययन गरेका विद्यार्थीहरू वास्तवमै स्मार्ट र अनुशासित हुनु पर्ने बताए ।

‘प्राइभेट कलेजको रूपमा एसपीए कलेज सुदूरपश्चिममै अग्रणी स्थानमा छ । तपाईँहरू ले यहाँ अध्ययन गरेर सफलता प्राप्त गर्नु हुने छ । प्रयोगात्मक सँगै कक्षामा आर्जन गरेको ज्ञानलाई व्यवहारिक जीवनमा लागु गरी असल र सबल नागरिक बन्नु होला भनी शुभकामना व्यक्त गर्दछु ।’ उनले भने ।

एस.पी.ए कलेजले माध्यमिक तह र स्नातक तह अध्ययन अध्यापन सकेका विद्यार्थीहरूलाई कलेजमा अध्ययन गर्दाका गतिविधिहरू लाई यादगार बनाउनको निम्ति हरेक वर्ष बिदाइ गर्दा ग्र्याजुएसन कार्यक्रमको आयोजना गरी सर्टिफिकेट मायाको चिनो तथा ग्राजुएशन गाउन प्रदान गर्दै आइरहेको छ ।

साथै सो कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का र कलेजका प्रबन्ध निर्देशक सुवाश शाहीले संयुक्त रूपमा धनगढी सिटी अफ क्रिकेटको जर्सी आधिकारिक रूपमा सार्वजनिक समेत गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार