एस.पी.ए कलेजको बि.एच.एम-बि.आइ.एम दोस्रो ब्याचको ग्राण्ड ग्राजुएशन कार्यक्रम सम्पन्न

एस.पी.ए कलेजको बि.एच.एम-बि.आइ.एम दोस्रो ब्याचको ग्राण्ड ग्राजुएशन कार्यक्रम सम्पन्न
प्रकाशित : :

धनगढी : धनगढी स्थित सुदूर पश्चिमाञ्चल क्याम्पस एस.पी.ए कलेजको ग्राण्ड ग्राजुएशन कार्यक्रम २०८१ सम्पन्न भएको छ । आइतबार धनगढी स्थित रुबस होटेलमा एक समारोहका बिच बि.एच.एम-बि.आइ.एम दोस्रो ब्याचको ग्राजुएशन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो । 

कलेजले सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काको प्रमुख आतिथ्यमा बि.एच.एम र बि.आइ.एम संकायको दोस्रो ब्याचलाई बिदाइ गरेको हो ।

बि.आई.एममा अध्ययनरत विद्यार्थीहरूले बनाएको मोबाइल एपको माध्यमबाट दियो बाली मन्त्री खड्काले कार्यक्रमको उद्घाटन गरेका थिए ।

ग्राण्ड ग्राजुएशन कार्यक्रममा बोल्दै बि.एच.एम पाँचौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थी रोजन गैरेले दोस्रो ब्याचका अग्रज विद्यार्थीहरूलाई आज बिदाइ गरी रहँदा निकै भावुक भइरहेको बताउँदै आगामी दिनहरूमा पनि एस.पी.ए एल्मुनाई ग्रुपका माध्यमबाट निरन्तर संवाद र सहकार्यमै रहने बताए ।

यस्तै, कलेजका बि.एच.एम कार्यक्रम निर्देशक रवीन्द्र परियारले विद्यार्थीहरू सँगका पलहरूलाई सम्झिँदा निकै भावुक भएको बताउँदै कलेजले विद्यार्थीहरू लाई भर्ना बेला गरिएका बाँचाहरु सक्दो पुरा गर्ने प्रयत्न गरेको बताए । ‘हामीले भर्ना गर्ने बेला भनेका विभिन्न बाँचाहरु पुरा गर्ने क्रममै छौँ । रोजगारका अवसरहरू ग्रुपमा सेयर गरेका छौँ । मौकामा परिणत गर्नु होला । तपाईँहरूले पढिरहेको सिकेका सबै कुराहरू व्यवहारिक जीवनमा लागु गर्नु होला ती सबै कुरा अब लागु गर्ने समयमा पुग्नु भएको छ ।’ उनले भने ।

हामी नेपाल जस्तो अतिथि देवो भवको संस्कारमा हुर्केका स्मार्ट एसपीयन हौँ भनेर आगामी दिनमा बाहिरी मूलक तथा फिल्डमा काम गर्दा प्रमाणित गर्ने गरी अगाडी बढ्न सुझाउँदै परियारले शुभकामना समेत व्यक्त गरे । 

त्यस्तै, बि.आइ.एम कार्यक्रम निर्देशक धर्मराज भट्टले प्रयोगात्मक सिकाई, सैद्धान्तिक सिकाई, अनुशासन र समयको पाबन्दीलाई मध्यनजर गर्दै आगामी व्यवशायीक तथा जागिरे जीवनमा सदुपयोग गर्दै सफल हुन विद्यार्थीहरू लाई शुभकामना व्यक्त गरे । 

यस्तै, कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रकाश बहादुर बलायरले तपाईँले कलेजमा भोगेका तिता मिठा अनुभव र व्यवहारिक ज्ञानलाई सार्थक तरिकाले अझ सुधार गर्दै अधि बढ्न आग्रह गर्दै एस.पी.ए कलेज सधैँ विद्यार्थीहरूको साथ सहयोगमा रहने विश्वास व्यक्त गरे । 

यसका साथै सुदूरपश्चिम प्रदेशका सामाजिक विकाश मन्त्री मेघराज खड्काले धनगढी स्थित सुदूर पश्चिमाञ्चल क्याम्पस एस.पी.ए कलेज सुदूरपश्चिम प्रदेशमै ख्याति प्राप्त कलेज भएको बताएका छन् । खड्काले एसपीए कलेज सुदूरपश्चिम प्रदेशमै ख्याति प्राप्त कलेज रहेको र यहाँ अध्ययन गरेका विद्यार्थीहरू वास्तवमै स्मार्ट र अनुशासित हुनु पर्ने बताए । ‘प्राइभेट कलेजको रूपमा एसपीए कलेज सुदूरपश्चिममै अग्रणी स्थानमा छ । तपाईँहरू ले यहाँ अध्ययन गरेर सफलता प्राप्त गर्नु हुने छ । प्रयोगात्मक सँगै कक्षामा आर्जन गरेको ज्ञानलाई व्यवहारिक जीवनमा लागु गरी असल र सबल नागरिक बन्नु होला भनी शुभकामना व्यक्त गर्दछु ।’ उनले भने । 

सुदूरपश्चिम प्रदेशका सामाजिक विकाश मन्त्री मेघराज खड्काको प्रमुख आतिथ्य तथा एस.पी.ए कलेजका प्रबन्ध निर्देशक सुवाश शाही विशिष्ट अतिथि रहेको कार्यक्रमको सञ्चालन कलेजका उप-प्राध्यापक पुष्प ओझाले गरेका थिए भने बि.आइ.एम तेस्रो ब्याच, सातौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थी सुलब थापाले सभापतित्व ग्रहण गरेका थिए । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार