सुदूरपश्चिम भलिबल टिमका कप्तान धामी ५० हजार नगद सहित सम्मानित

सुदूरपश्चिम भलिबल टिमका कप्तान धामी ५० हजार नगद सहित सम्मानित
प्रकाशित : :

धनगढी : सुदूरपश्चिम प्रदेश भलिबल टिमका कप्तान नवराज धामी ५० हजार नगद सहित सम्मानित भएका छन् । बुधवार उनलाई गृह जिल्ला दार्चुलामा भलिबल खेल मार्फत आफ्नो क्षेत्रको नाम राखेको भन्दै शैलेशिखर नगरपालिकाले सम्मान गरेको हो ।

शैलेशिखर नगरपालिकाका मेयर विजय सिंह धामी र उपमेयर शान्ति खडायत खादा/ माला र नगद रु.५० हजार सहित सम्मान गरेको हो ।
सम्मानित भएपछि बोल्दै खेलाडी धामीले आफ्नो खेलको मूल्याकंन गरी यसरी सम्मान गर्दा आफूलाई थप हौसला मिल्ने बताए । उनले आउँदो पीढीलाई पनि राम्रो खेले पुरस्कृत भइन्छ भन्ने सन्देश जाने बताउँदै मेयर / उपमेयरलाई धन्यवाद दिए ।

धामी विगत लामो समयदेखि सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय स्तरको भलिबल प्रतियोगितामा सहभागी हुँदै आएका छन् ।

शैलेशिखर नगरपालिकाका मेयर विजय सिंह धामीले आफूले युवाहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै जुनसुकै क्षेत्रबाट भए पनि शैलेशिखरको नाम रोशन गर्नेलाई सम्मान गरिने बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार