गुरुलाई भेट्न स्वस्तिक हस्पिटल पुगे गृह मन्त्री रमेश लेखक !

गुरुलाई भेट्न स्वस्तिक हस्पिटल पुगे गृह मन्त्री रमेश लेखक !
आफूलाई माध्यमिक तह सम्म अध्यापन गराएका शिक्षकको स्वास्थ्य लाभको कामना गर्दै गृहमन्त्री
प्रकाशित : :

धनगढी : नेपाल सरकारका गृह मन्त्री रमेश लेखक स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल धनगढी पुगेका छन् । उनी आफूलाई माध्यमिक तह सम्म अध्यापन गराएका शिक्षकको स्वास्थ्य लाभको कामना सहित आफ्ना गुरु उपचाररत हस्पिटलमै पुगेर भेटेका हुन् । 

गृह मन्त्री रमेश लेखकलाई स्वस्तिक हस्पिटलमा स्वागत गर्दै हस्पिटल व्यवस्थापन टिम

गृह मन्त्री लेखकलाई कक्षा १० सम्म बेदकोट नगरपालिकाको सुडामा अवस्थित श्री घटाल माध्यमिक विद्यालयमा अध्यापन गराएका नरेन्द्र सिंह भण्डारी अहिले पित्त थैलीमा देखिएको गडबडीका कारण स्वस्तिक हस्पिटल धनगढीमा उपचाररत छन् ।

गृह मन्त्री लेखकले अस्पतालमा कार्यरत डाक्टरहरू बाट शिक्षक भण्डारीको स्वास्थ्य अवस्था बारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन् । ‘उहाँ हाम्रो बेलाको हेड सर, बिरामी हुनुहुन्छ भन्ने थाहा पाए पछि भेट्न आए । डाक्टर साब राम्ररी हेरचाह/ख्याल गरी दिनु होला । शीघ्र स्वास्थ्य लाभको कामना सर लाई ।’ उनले भने । 

गृह मन्त्री स्वयमले अस्पताल पुगेर भेटे पछि खुसी र ऊर्जावान् देखिएका शिक्षक भण्डारीले आफूहरू को कमाई नै यही भएको बताउँदै धन्यवाद ज्ञापन गरेका छन् । ‘हामी शिक्षकहरूको कमाई नै यही हो । मैले पढाएको विद्यार्थी अब्बल बन्दै आज देशको गृह मन्त्री भएको छ । भेटेर स्वास्थ्य अवस्थाको बारेमा चासो राखेकोमा धन्य छु ।’ उनले भने । 

गृह मन्त्री लेखक धनगढी उप-महानगरपालिका–२ स्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा निर्माण गरिएका नवनिर्मित कार्यालय भवन, ब्यारेक भवन, मेस तथा क्वाटर गार्ड र २४ सै घण्टा सेवा दिने गरी प्रहरीले नै सञ्चालन गरेको आधुनिक पेट्रोल पम्पको उद्घाटनका लागि धनगढी आएका थिए । 

सो कार्य सकेर फर्किँदै गर्दा उनले आफ्ना गुरुलाई भेटेका हुन भने लेखक सँगै कञ्चनपुरको भिमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी तथा नेपाली काँग्रेस कैलाली र कञ्चनपुरका नेता कार्यकर्ताहरू शिक्षक भण्डारीलाई भेट्न स्वस्तिक हस्पिटल धनगढी पुगेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार