पी.एम.सी हाटको प्रमुखमा उप-प्राध्यापक विनोद सिंह भण्डारी नियुक्त

पी.एम.सी हाटको प्रमुखमा उप-प्राध्यापक विनोद सिंह भण्डारी नियुक्त
प्रकाशित : :

बैतडी: बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पस (पी.एम.सी हाट)को प्रमुखमा उप-प्राध्यापक विनोदसिंह भण्डारी नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिले उपप्राध्यापक भण्डारीलाई क्याम्पस प्रमुख पदमा नियुक्त गरेको हो ।

क्याम्पस प्रमुख रामदत्त जोशीको कार्यकाल सकिएपछि आगामी ४ वर्षका लागि नेपाली विषयमा स्नातकोत्तर गरी वि.सं २०६९ सालदेखि पुर्चौंडी बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका भण्डारीलाई क्याम्पस प्रमुख पदमा नियुक्त गरिएको छ ।

२०६५ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्दै स्थापना भएको पुर्चौंडी बहुमुखी क्याम्पसमा शिक्षा शास्त्र संकाय र व्यवस्थापन संकायमा पढाई हुने गरेकाे छ । भने पी.एम.सी मा अङ्ग्रेजी, नेपाली, जनसङ्ख्या र अर्थशास्त्र मुख्य विषय लिएर विद्यार्थीहरूले स्नातक तहमा अध्ययन गर्दै आइरहेका छन् ।

अहिले पुर्चौंडी बहुमुखी क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट क्युएएको प्रक्रियामा रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार