पुर्चौडीको हडफोड सडक खण्डमा पहिरो, मूल बाटोनै भत्के पछि, हिँडडुल गर्न जोखिम

पुर्चौडीको हडफोड सडक खण्डमा ठाउँ-ठाउँमा पहिरो, पैदल यात्रामा समेत परेसानी
प्रकाशित : :

भटना : पुर्चौडीको हडफोड सडक खण्डमा आवतजावतमा समस्या भएको छ । पुर्चौडी नगर पालिका वडा नं १ हाट देखि पु.न. पा. वडा नं ३ र ४ का वडाका विभिन्न बस्तीहरू जोड्ने हडफोड सडक खण्डमा ठाउँ-ठाउँमा पहिरो जाँदा पैदल यत्रा गर्न समेत जोखिम बढेको हो ।

नगरपालिकाका तोलीगाउॅं र भटना सँग जोडिएको सडक हडफोड सडक खण्डमा ठाउँ ठाउँमा पहिरोले गर्दा त्यहाँका स्थानीयहरू लाई हाट वसन्तपुर बजार, पुर्चौडी बहुमुखी क्याम्पस अध्ययनरत विद्यार्थी लाई क्याम्पस जान र र बिरामीहरूलाई अस्पताल सम्म पुग्न निकै कठिनाइ भइरहेको छ ।

साउन यता अवरुद्ध हडफोड सडक खण्डमा ट्याक्टर गाडी हरू चल्न छोडेपछि खाद्यान्न र आवश्यक सरसमान खच्चर ,घोडाहरूमा र आफैले बोकेर लग्ने गरेकोमा भाद्र १२ गते यता श्रिकोटको धार, जाडिखोला, न्वालिपानि र अन्य ठाउँमा आएको ठुलो पहिरोले गर्दा कुनै व्यक्ति आफू रित्तो समेत आउन जान खतरा रहेको स्थानीय हिरा सिंह धामीले बताए ।

मूल बाटो नै सडक भएको तर वैकल्पिक बाटो नभएको यो सडकमा साना बालबालिका, विद्यार्थीहरू सधैँ जोखिम मोल्दै ज्यानको बाजि लगाएर हाट पुग्छन् ।

ठुलो पहिरो गएको ठाउँहरूमा बेलाबेला माथिबाट माटो ढुङ्गाहरू आइराखेको भए पनि सम्बन्धित निकायले ध्यान न दिएको धामीले बताए ।

यस्तै यही सडक खण्डको भटनागाउॅं देखि भटना वडा कार्यालय सम्मको सडक ०७९ असार देखि अवरुद्ध रहेको छ | विद्यार्थी र अन्य बासिन्दाहरूले नियमित ओहोरदोहोर गर्नु पर्ने तर ठाउँ ठाउँमा पहिरोले आवतजावतमा समस्या भए पनि सम्बन्धित निकाय भने मौन रहेको स्थानीय सन्तोष भटृले भने ।

बर्सातमा अवरुद्ध पुर्चौडि जोड्ने ढोल्या मोड हाट सडक खण्ड पनि पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन । पहिरो आएका ठाउँमा पहिरो पन्छ्याउँदै सानो गाडी जिपहरू चले पनि ठुला सवारी साधन,बसहरू भने सञ्चालन नभएको हाट वसन्तपुर बजार का व्यापारी नवीन पन्तले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

33%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

67%

आक्रोशित

सम्बन्धित समाचार