गेटा अस्पतालमा स्तनको क्यान्सर मेमोग्राफी जाँचसेवाको थालनी

गेटा अस्पतालमा स्तनको क्यान्सर मेमोग्राफी जाँचसेवाको थालनी
प्रकाशित : :

धनगढी : कैलालीको गेटा अस्पतालमा स्तनको क्यान्सर (मेमोग्राफी) जाँचसेवा सुुरु भएको छ । अस्पतालले मेमोग्राफी मेसिन जडान गरेसँगै हरेक हप्ताको सोमबार र विहीबार स्तर क्यान्सरको जाँच हुने जनाएको छ । अ

स्पतालका निर्देशक डाक्टर विप्लव सापकोटाले हप्तामा २ दिन स्तनक्यान्सरको जाँच सेवा सुरु भएको जानकारी दिए । उनले कार्तिक देखि पूर्ण रुपमा सञ्चालनमा आउने बताए ।

अस्पताल प्रशासनले आईसीयु जडानको काम सकिने वित्तिकै ईमरजैन्सी वार्ड पनि सञ्चालन गर्ने र त्यसपछि अस्पतालको सबै सेवा सुचारु हुने जनाएको छ ।

गेटा अस्पतालमा ओपिडिका साथै भिडियो एक्सरे, एक्सरे, ईन्डोस्कोपी, फिजियोथेरापी, प्रयोगशाला र फार्मेसी सेवा सुचारु भईसकेका छन । प्रयोगशाला र फार्मेसी सेवा चौबिसै घण्टा सुरु भएको अस्पतालले जनाएको छ । विरामी भर्ना हुनका लागि ईमरजैन्सी सेवा प्रमुख हो । तर ईमरजैन्सीमा आएको ब्यक्तिलाई आईसीयुमा राख्नुपर्ने अवस्था आएमा, आईसीयु सेटअप भई नसकेकाले ईमरजैन्सी सेवा सुचारु गर्न नसकिएको निर्देशक सापकोटाले बताए ।

स्विकृत १४१ को दरबन्दीमा अहिले ७१ जना मात्रै कार्यरत छन । त्यसमा पनि स्थाई स्वास्थ्यकर्मी र कर्मचारीको संख्या २३ जना मात्रै रहेको छ । खानेपानीको ट्याकी बनेपनि नयाँ निर्माण भएका चिकित्सक आवासहरुमा पानी आपुर्ती नभएकाले चिकित्सकहरु आउन मानि रहेका छैनन । अझ अरु अस्पतालमा अतिरिक्त भत्ता खाईरहेका चिकित्सकहरु गेटामा सरकारी तलब मात्रै छ भने पनि नआउनाले सेवा सञ्चालनमा ढिलाई भईरहेको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट