धनगढीको अस्पतालन लाइनमा रुद्राक्ष डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरले दिन थाल्यो सेवा

धनगढीको अस्पतालन लाइनमा रुद्राक्ष डायग्नोस्टिक एण्ड रिसर्च सेन्टर सञ्चालन
प्रकाशित : :

धनगढी : सबैलाई सस्तोदरमा स्वास्थ्य सेवा दिने उदेश्यले स्थापना गरिएको रुद्राक्ष डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरको आज बिधिवत रुपमा उदघाटन गरिएको छ ।

सेती प्रादेशिक अस्पताल अगाडि अस्पतालन लाइनमा रहेको डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरको ४ बर्षिया आद्बिका धामीले उदघाटन गरेकी छिन ।

“न्युन रकममा गुणस्तरिय सेवा“ प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरले सरकारी दररेटमै सम्पुर्ण ल्याब सम्बन्धि सेवा दिने संचालक हरि धामीले बताए । 

डेढ करोड बढी लागतमा स्थापना गरिएको डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टरमा सामान्य सुगर जाँच देखि बिभिन्न हार्मोन, क्यान्सर समेत जाँच गरिने धामीले बताए ।

उनले डिजिटल युग सुहाउँदो सबै रिपोर्टहरु इमेल, ह्वाट्स्याप र मोबाइलमा म्यासेज आउने हुँदा रिपोर्टका लागि बिरामीले घण्टौ कुर्नु नपर्ने बताए ।

ल्याव असिस्टेन्ट, टेक्निसियन र बिएमएलटी गरेका दक्ष जनशक्तीद्वारा ल्याब परिक्षण गरिने डायग्नोस्टिक एण्ड रिसर्च सेन्टर २४ सैं घण्टा खुला रहने बताउदै संचालक धामिले ल्याबको ५ किलोमीटर पेरिफेरिमा घरमै गएर निशुल्क रुपमा रगतको नमुना संकलन समेत गरिने बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार