बाढीपहिरो पीडितका लागि मन्त्रीहरूको १ महिनाको तलब कोषमा

बाढीपहिरो पीडितका लागि मन्त्रीहरूको १ महिनाको तलब कोषमा
प्रकाशित : :

सरकारले बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यविधि अनुसार राहत रकम दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ४ बजे पत्रकार सम्मेलन गरेर राहतको अरु प्याकेज घोषणा गर्ने निर्णय भएको छ । बैठकले राहत कोषमा १ अर्ब रकम अर्थ मन्त्रालयबाट उपलब्ध गराउने निर्णय गरेको छ । त्यसबाहेक प्रधानमन्त्री र मन्त्रीहरूले १ महिनाको तलब राहत कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट