धनगढी उपमहानगरद्वारा ५१ सामुदायिक विद्यालयमा ४५ सय फलफूलको बिरुवा वृक्षारोपण

धनगढी उपमहानगरद्वारा ५१ सामुदायिक विद्यालयमा ४५ सय फलफूलको बिरुवा वृक्षारोपण
प्रकाशित : :

धनगढीः धनगढी उपमहानगरपालिका ५१ सामुदायिक विद्यालयमा ४ हजार ५ सय फलफूलका बिरुवा रोपेको छ। उपमहानगरले नगर क्षेत्रका ६८ सामुदायिक विद्यालय घेरवार अर्थात् पर्खाल भएका ५१ विद्यालयमा फलफूलका बिरुवा रोपेको हो।

 सामुदायिक विद्यालयमा यो वर्ष आँप र अम्बाको बिरुवा रोपिएको नगर प्रमुख गोपाल हमालले जनाएका छन्।

उनले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूले खान पाउन भनेर फलफूलको बिरुवा रोपेको बताएका छन्। “विद्यालयमा हरियाली प्रवर्द्धन गर्न तथा बालबालिकाको पोषणसमेत ध्यानमा राखेर बिरुवा रोपिएको हो,“ उनले भने, “विद्यालयहरूमा विद्यार्थीहरूले नै बिरुवा रोपेका छन्, हुर्काउने र गोडमेल गर्ने काम पनि उहाँहरूले नै गर्ने छन् भने खाने पनि विद्यार्थीहरूलाई नै दिइनेछ।“

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट