बाढीपहिरो र डुबानका कारण हालसम्म मृत्यु हुनेको संख्या २१७ पुग्यो, २८ जना बेपत्ता

बाढीपहिरो र डुबानका कारण हालसम्म मृत्यु हुनेको संख्या २१७ पुग्यो, २८ जना बेपत्ता
प्रकाशित : :

काठमाडौं : अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण हालसम्म मृत्यु हुनेको संख्या २१७ पुगेको छ भने २८ जना बेपत्ता छन् ।

१४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए ।

बाढी प्रभावितलाई  खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको उनले बताएका छन् । 

सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट