‘हाम्रो रहर सफा सहर’को नारा सहित केजिष्टद्वारा टोल सरसफाइ

'हाम्रो रहर सफा सहर'को नारा सहित केजिष्टद्वारा टोल सरसफाइ
प्रकाशित : :

धनगढी : धनगढीको केजिष्ट होटेल म्यानेजमेन्ट इन्स्टिच्युटले टोल सरसफाइ गरेको छ । बुधवार ‘हाम्रो रहर सफा सहर’को नारा सहित केजिष्टमा अध्ययनरत विद्यार्थी र शिक्षकहरूले आफ्नो क्षत्र भित्रको टोल सरसफाइ गरेका हुन् ।

शिक्षक र विद्यार्थी सहित केजिष्टको परिवार प्रत्यक्ष सडकमा उत्रिएर आफ्नो आँगन एस.पी.ए मार्ग देखी बैयाहबेहेडी चोक, ब्रेडबक्स २, रुबस होटेल रोड र बस पार्क सम्म सरसफाइ गरेको छ ।

सरसफाइ कार्यक्रममा उपस्थित विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै आरती विश्वकर्मा र सुशील बोगटीले आफूहरू उपमहानगरको अभियानमा समर्थन जनाउँदै सहभागी हुन पाउँदा निकै खुसी लागेको बताउँदै आगामी दिनमा घर परिवार र आफू भन्दा ससाना भाइ बहिनीहरू लाई सरसफाइको महत्त्व बारे बुझाउन थप ऊर्जा मिलेको बताएका छन् ।

यस्तै, धनगढी उप-महानगरपालिकाले सञ्चालन गरेको ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियानमा साथ दिन र विद्यार्थीहरू मा सरसफाइ देखी कुनै पनि सत्कर्मको सुरुवात आफैबाट गर्नु पर्छ भनी बुझाउन उक्त कार्यक्रमको आयोजना गरिएको केजिष्टका होटेल व्यवस्थापन शिक्षक रवीन्द्र बहादुर चन्दले बताए ।

बडादसैँ तिहार तथा छठ पर्वको शुभ अवसरमा सरसफाइ कार्यक्रमको आयोजना गरेको केजिष्टले यस भन्दा अगाडी पनि विभिन्न समयमा सरसफाइ सँगै सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट