दुःख र परिसानीकाबिच प्रियजनसँग दसैँ मनाउन फर्किएका नेपालीहरू, सीमामा झल्किएको खुसीको कथा

दुःख र परिसानीकाबिच प्रियजनसँग दसैँ मनाउन फर्किएका नेपालीहरू, सीमामा झल्किएको खुसीको कथा
प्रकाशित : :

धनगढी : दसैँको माहौल चल्दै गर्दा, भारतमा कामका लागि गएका हजारौँ नेपालीहरू आफ्नो परिवारसँग पर्व मनाउन स्वदेश फर्किरहेका छन्। सीमाका मुख्य नाकाहरूमा अहिले भिडभाड बढेको छ। टाढाको यात्रापछि आफ्ना प्रियजनसँग भेट्ने उत्साहले उनीहरूको अनुहारमा छुट्टै चमक देखिन्छ।

भारतका विभिन्न सहरहरूमा व्यस्त कामकाज भए पनि दसैँको बेला गाउँ फर्कने परम्परालाई उनीहरूले निरन्तरता दिइरहेका छन्। दसैँको टिकाको शुभ अवसर र घरकै स्वादिष्ट परिकारहरूको यादले उनीहरूलाई गाउँतिर तानिरहेको छ। परिवारसँगको भेटघाटको उत्साहले उनीहरूलाई लामो यात्रा थकाइ पनि ख्याल छैन जस्तो देखिन्छ।

सीमामा कार्यरत सरकारी अधिकारीहरूले पनि स्वदेश फर्किनेहरूको आवतजावत सहज बनाउन हर सम्भव प्रयास गरिरहेका छन्। यात्रुहरू लामो यात्रा पछि नेपालमा पाइला टेक्दा घरको माया झल्किने अनुभूति व्यक्त गरिरहेका छन्।

विशेष गरी सुदूरपश्चिमका नेपालीहरूको लागि यो समय निकै व्यस्त छ। कामका सिलसिलामा भारतका सिम्ला, पुणे, मुम्बई, सुरत जस्ता सहरहरूमा बसेका उनीहरू अहिले आफ्नो घरपरिवारसँग दसैँ मनाउन स्वदेश आइरहेका छन्। बिहानैदेखि सीमामा भीड लाग्ने गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणका प्रमुख दलबहादुर पाण्डे बताउँछन् । 

सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश उप्रेतीका अनुसार त्रिनगर नाकाबाट मात्रै एक हप्तामा ६,९४७ जना नेपाली स्वदेश फर्किएका छन्  ।

यात्राका क्रममा भोग्नु परेका दुःख, सीमामा पुगिसकेपछि भारतीय एसएसबीले सताएका पिडा अथवा अटो सवारी चालक/धनीहरूले असुल्ने चर्को भाडाको परिसानीका बाबजुद  दसैँको रमाइलो आफ्ना प्रियजनसँग मनाउन फर्किरहेका यी नेपालीहरूको अनुहारमा देखिने खुसी नै सबैभन्दा मिठो कथा हो।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट