स्ववियु केएमसीद्वारा स्टार्टअप आइडिया प्रतियोगिता २०८१ को घोषणा

स्ववियु केएमसीद्वारा स्टार्टअप आइडिया प्रतियोगिता २०८१ को घोषणा
प्रकाशित : :

धनगढी : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) केएमसीले देशभरका विद्यार्थीलाई स्वरोजगारसँग जोड्न स्टार्टअप आइडिया प्रतियोगिता २०८१ आयोजना गर्ने भएको छ। उद्यम, व्यापार, कृषि, पर्यटन, र विज्ञानजस्ता विविध क्षेत्रका योजनासहित प्रतियोगितामा सहभागी हुन सकिनेछ।

स्ववियु अध्यक्ष यमराज जोशीका अनुसार, प्रतियोगितामा एकल वा समूह (बढीमा ४ जना) सहभागी हुन सक्नेछन्। योजनाको नाम, उद्देश्य, वितरण, लक्षित समूह, अर्थतन्त्रमा पर्ने प्रभावजस्ता मापदण्डमा आधारित योजना तयार गर्नुपर्नेछ।

पुरस्कार: प्रथमलाई ५० हजार र द्वितीयलाई २५ हजार रुपैयाँ, साथै उत्कृष्ट योजनालाई पाँच वर्षसम्म ब्याजरहित ५ लाख सहयोगको अवसर हुनेछ।

टिम दर्ता कार्तिक १४ सम्म र फाइनल कार्तिक ३० मा हुनेछ।

यस अघि सुदूरपश्चिम प्रदेशमै पहिलो पटक धनगढीमै अवस्थित सुदूर पश्चिमाञ्चल एकेडेमी एस.पी.ए कलेजले १० लाख पुजी सहितको स्टार्टअप फण्ड सञ्चालनमा ल्याइसकेको छ । जसको अहिले सिजन २ अन्तरगत आइडिया सङ्कलनको लागि आवेदन आह्वान गरिएको छ । 

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट