धार्मिक कार्यक्रम विस्तार गर्दै यस वर्ष धनगढीमा छठ पर्व चार दिनसम्म मनाइने 

एसपीए कलेजको साथ...

धनगढीको मोहना घाटमा हुने छठ पूजा
धनगढी स्थित छठि घाट
प्रकाशित : :

धनगढी : मिथिला र तराई क्षेत्रमा विशेषरूपमा मनाइने छठ पर्व मंगलबारदेखि विधिवत् रूपमा सुरु भएसँगै धनगढीमा पनि पूजाको तयारी तीव्र बनाइएको छ। यस अवसरमा छठ पूजा सेवा समितिले पत्रकार सम्मेलन गर्दै यस वर्षको छठ पर्वलाई भव्यताका साथ मनाउने तयारी भइरहेको जानकारी दिएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको मोहना घाटलाई छठ पूजाका लागि विशेष रूपमा सजाउन थालिएको छ।

धार्मिक कार्यक्रम विस्तार गर्दै यस वर्ष धनगढीमा छठ पर्व चार दिनसम्म मनाइने 

पूजा स्थलमा टेण्ट निर्माण, बिजुली बत्तीसहित जाग्रमस्थल तयार गर्ने काम भइरहेको छ। छठ पूजा सेवा समितिका अध्यक्ष सन्तोष मण्डलका अनुसार, यस वर्ष छठ पर्व चार दिनसम्म मनाइनेछ। यसअघि दुई दिनमै सिमित रहेको धार्मिक कार्यक्रम यसपटक विस्तारित भएको हो।

विगतका वर्षभन्दा यसपटक मोहना घाटमा श्रद्धालु भक्तालुहरूको बढी सहभागिता हुने अपेक्षा गरिएको छ। पहिले तराई क्षेत्रका मानिसहरूले मात्रै मनाउने छठ पर्व अहिले पहाडी समुदायले पनि मनाउन थालेपछि श्रद्धालुहरूको संख्या थपिएको छ। यस वर्षको छठ पर्वमा नेपाली कलाकारहरूको प्रस्तुति विशेष रहनेछ भने, नेपालमा उपलब्ध नहुने केही कलाकारहरूलाई मात्र भारतबाट बोलाइनेछ।

छठ पर्वको पहिलो दिन ब्रतालुले स्नान गरी “नहाय खाय” विधिमा अरबा–अरबाइन भोजन ग्रहण गर्छन्। दोस्रो दिन “खरना” विधि पूरा गरी चामल, सक्खर, र दूधबाट बनेको खीर प्रसादको रूपमा ग्रहण गरिन्छ। तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित अर्घ दिने परम्परा छ भने अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत् रूपमा समापन गरिन्छ, जसलाई “पारन” भनिन्छ।

यो पर्वमा अर्घ दिने ब्रतालुले ४८ घण्टा अन्न र पानी त्यागेर कठोर व्रत बस्ने परम्परा रहिआएको छ। निष्ठा र तपस्याको पर्वका रूपमा मनाइने छठमा, अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएपछि प्रसादको रूपमा पूजा सामग्री ग्रहण र वितरण गरिन्छ।

५ दशक अघि बाट धनगढीको छठी घाटमा मनाइँदै आएको छठ पर्वलाई १९ वर्ष यता श्री छठ पूजा सेवा समिति धनगढीले व्यवस्थित ढङ्गले सूर्य देव, छठीमाई को पूजा आराधना गर्दै आइरहेको छ । भने धनगढी–२ मा अवस्थित एस.पी.ए कलेजले मुख्य सहयोगकर्ताको रूपमा र  अन्य विभिन्न संघ संस्थाहरूले पनि छठ पूजा सेवा समितिलाई साथ दिए पछि यसपालि छठ पर्व आयोजनाले थप रौनकता पाएको छ । 

 धनगढीमा छठ पर्व

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट