दार्चुला : दार्चुलाको शैल्यशिखिर ९ गोकुलेश्वरमा रहेको जगतपुरी शिवधाममा कार्तिक १ गते बाट जारी कोटिहोम महायज्ञको समापन गरिएको छ । विश्व शांति, राष्ट शान्ति र पृतिशान्तिको कामना गर्दै शुभारम्भ गरिएको कोटिहोम महायज्ञ आज २१औं दिनमा सनातनीय मान्यता अनुसार समापन गरिएको राष्ट्रिय पण्डित श्री केशब राज ओझाले बताए ।
समापनकै अवसरमा चर्मण्वती गंगा स्नान, साडे ५ क्विंटलको त्रिशूल स्थापना र सनातनीय मान्यता अनुसारका धार्मिक कार्यहरु गरिएको जगतपुरी शिवधाम कोटिहोम महायज्ञ व्यवस्थापन समिति सचिव किशोर राज बिष्टले जानकारी दिए ।
कोटिहोम महायज्ञमा दैनिक बिहान बेलुका राष्ट्रिय पण्डित श्री केशब राज ओझा बाट प्रबचनका साथै आरती भजन किर्तन , पुराण वाचन र कार्तिक ९ गते १०८ कन्या पूजन,१५ गते १ करोड १ लाख चर्मण्यावती मा दिपपज्वलन गरी लाख बत्ती बाल्ने कार्यको उद्घाटन,१६ गते १०८ वटा गाईको दुग्ध धारा दिई गँगाको माताको सम्मान र १९ गते रुद्राभिषेक ग्रह शान्ति र त्रिपुरेश्वर महादेबको स्थापना ,२० गते सवा करोड़ होम, गंगामा लाख बत्ती प्रज्वलन र आज २१ गते समापनमा चर्मण्वती गंगा स्नान, साडे ५ क्विंटलको त्रिशूल स्थापना जस्ता कार्य गरिएको कोटिहोम महायज्ञ व्यवस्थापन समिति सदस्य पूर्ण बहादुर साउदले जानकारी दिए |
कोटि होम अवधी भर भक्तजनहरूको निकै सर्दाभक्तिका साथ उल्लेखनीय सहभागिता रहेको साउदले बताए |