सुदूरपश्चिम रोयल्समा ठूलो नाम रहेका विदेशी खेलाडी छैन, तर काम गर्ने चै छन् : दिपेन्द्र

सुदूरपश्चिम रोयल्समा ठूलो नाम रहेका विदेशी खेलाडी छैन, तर काम गर्ने चै छन् : दिपेन्द्र
प्रकाशित : :

धनगढी : नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी दिपेन्द्रसिंह ऐरीले आफ्नो टोलीमा ठूलो नाम चलेको विदेशी खेलाडी नभए पनि काम गर्ने खेलाडी भएको बताएका छन् ।

सोमबार धनगढी स्थित सुदूरपश्चिमाञ्चल एकेकडेमी एसपीए कलेजको सभा हलमा आयोजित ‘मिट एण्ड ग्रिट्’ अन्र्तक्रिया कार्यक्रमा बोल्दै राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डरसमेत रहेका उनले यस्तो बताएका हुन् ।

उनलाई एकजना सहभागी विद्यार्थीले हाम्रो टिममा ठूलो नाम रहेको विदेशी खेलाडी किन छैनन् भन्दै प्रश्न गरेका थिए ।

त्यसको जवाफमा मार्की खेलाडी दिपेन्द्रले भने,

‘ठूलो नाम रहेको खेलाडी त छैनन् काम गर्ने चै छन् ।’

हाल सुदूरपश्चिम रोयल्सको टोली धनगढीमा रहेको छ । सो टोली विभिन्न कार्यक्रममा सहभागी भइरहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को‌ आयोजनामा ८ टोलीको सहभागितामा मङ्सिर १५ देखि पुस ६ गते सम्म सञ्चालन हुने एनपिएलमा सुदूरपश्चिम रोयल्सका तर्फबाट मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी, मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा रहेका छन् ।

यस्तै सुदूरपश्चिम रोयल्सको तर्फबाट दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (यूएई) ले खेल्दै छन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

सम्बन्धित कन्टेन्ट