चीनले नेपाललाई पाँच सय मिलियन आरएमबी अर्थात् ९ अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा मंगलबार चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई पाँच सय मिलियन आरएमबी अर्थात् ९ अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग दिने घोषणा गरेका हुन् ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति चिनफिङबीच बेइजिङको देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा भेट भएको थियो । त्यसअघि प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए ।
भेटमा प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी लीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । जवाफमा चिनियाँ प्रधानमन्त्री लीले उपयुक्त समयमा नेपाल भ्रमणमा आउने बताएका थिए ।