चीन भ्रमणमा ऋण लिने कुनै सम्झौता भएको छैन, भारत भ्रमण ‘एरेन्ज’ गर्नुपर्छ : प्रधानमन्त्री ओली

चीन भ्रमणमा ऋण लिने कुनै सम्झौता भएको छैन, भारत भ्रमण ‘एरेन्ज’ गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रकाशित : :

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा ऋण लिने गरी कुनै पनि सम्झौता नभएको बताएका छन्।

चीनको औपचारिक भ्रमणसम्पन्न गरि बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन बिमानस्थलको अति विशिष्ठ कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले ऋणको विषयमा कुनै छलफल नभएको र त्यस्तो कुनै सहमति र सम्झौता समेत नभएको बताएका हुन्।

उनले चीनसँग ऋण लिन लाग्यो भन्दै भ्रम छर्ने काम भएको जिकिर गरे। प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणको सुरुवात चीनबाट सुरु भएपनि छिटै भारत भ्रमणमा जाने समेत बताए। त्यस्तै उनले अबको १८ महिनासम्म आफू प्रधानमन्त्री रहने र त्यसपछि कांग्रेस सभापति शेर बहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने दोहर्‍याए।

चीन भ्रमण सफल भएको र नेपालको विकासका लागि धेरै आयोजनामा सहमति र सम्झौता भएको उनले जानकारी दिए। प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआइ) सहकार्यको फ्रेमवर्कसहित विभिन्न क्षेत्रमा सहकार्यको सम्झौता भएको थियो।

प्रधानमन्त्री ओली स्वदेश फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुले स्वागत गरेका थिए भने नेपाली सेनाको एक टुकडीले सम्मान गर्दै सलामी अर्पण गरेको थियो।

  • भारत भ्रमण अब ‘एरेन्ज’ गर्नुपर्छ :

 प्रधानमन्त्री केपी शर्मा ओलीले अब भारत भ्रमण छिट्टै मिलाउने बताएका छन्। आज चार दिने चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारको प्रश्नमा उनले आफ्नो भ्रमणको सुरुवात चीनबाट भएपनि छिट्ट‌ै भारत भ्रमणमा जाने बताएका हुन्। 

उनले चीनबाटै फर्किएकै दिन तय हुने कुरा नभएको बताए। प्रधानमन्त्री ओलीले भने, ‘अब एरेन्ज गर्नुपर्छ। कहिले भन्ने कुरा अहिले यहाँ फर्किएकै दिन कसरी टुंग्याउन सकिन्छ ?’

प्रधानमन्त्री ओलीले भारतभन्दा पहिले चीन भ्रमण गर्दा नेपाल उत्तरतिर ढल्केको भनाईप्रति भने खण्डन गरेका छन्। उनले भने, ‘मैले त्यति थाहा पाएको छैन यस्तो कुरा र, म के भन्छु भने, दक्षिणको मिडियाले अलिक मित्रहरूलाई भड्काउने, आक्षेप गर्ने खालको कुरा कुनै गरेको छ भने राम्रो होइन, लिडरहरूले त्यस्तो गरेको मैले थाहा पाएको छैन। कुनै मिडियाबाट कतै त्यस्तो भएको छ भने त्यो राम्रो तरिका होइन। म त्यति भन्न सक्छु।’ 

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट