धनगढी: नेपाल पत्रकार महासंघ कैलाली शाखाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। शुक्रवार सम्पन्न निर्वाचनमा उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिव (समावेशी), खुल्ला सदस्य, महिला सदस्य, र दलित सदस्य पदका लागि मतदान भएको थियो।
अध्यक्ष पदमा प्रेस सेन्टरका टंक कुँवरले उम्मेदवारी फिर्ता लिएपछि नेपाल प्रेस युनियन र प्रेस चौतारीका साझा उम्मेदवार श्रवण देउवा मंसिर २७ गते नै निर्विरोध निर्वाचित भएका थिए।
त्यस्तै, महिला उपाध्यक्षमा भावना जोशी, सहसचिवमा शंकर बोहरा, आदिवासी जनजाति सदस्यमा सुधराम दहित, र समावेशी सदस्यमा जगत जैगडी र टेकसिंह धामी पनि निर्विरोध विजयी भएका थिए।
अबेर राति सार्वजनिक अन्तिम मत परिणाम अनुसार उपाध्यक्षतर्फ नेपाल प्रेस युनियन र प्रेस चौतारीका साझा उम्मेदवार भोजराज रोस्यारा १०३ मतका साथ विजयी भए । उनका निकटतम प्रतिद्धन्द्धि झलनाथ खनालले ४१ मत प्राप्त गरे।
सचिव पदमा प्रेस सेन्टरका तेज भट्टले नेपाल प्रेस युनियन र प्रेस चौतारीका साझा उम्मेदवार सुशील ढुंगानालाई पराजित गर्दै १०१ मत प्राप्त गरे। ढुंगानाले ४७ मतमा सीमित रहँदा भट्टको लोकप्रियता पुनः पुष्टि भएको छ।
सहसचिव (समावेशी) मा नीराजन परियार ७९ मतका साथ विजयी भए। कोषाध्यक्षमा सुनिल आउँजीले ९५ मत प्राप्त गर्दै निकटतम प्रतिद्धन्द्धि घनश्याम पौडेललाई पराजित गरे।
खुल्ला सदस्यमा कडा प्रतिस्पर्धाबीच बालकृष्ण ओझा १०४ मतका साथ अग्र स्थानमा रहे। अन्य विजयी खुल्ला सदस्यहरूमा:
- कैलाश जोशी: ९८ मत
- दिनेश बिस्ट: ९४ मत
- गगन अएडी: ८५ मत
- रतनलाल चौधरी: ८४ मत
- वीरेन्द्र शाह: ७४ मत
- लोकुसिंह ठकुरी: ६९ मत
- चन्द्र प्रकाश खनाल: ६८ मत
महिला सदस्यमा अनिता चौधरी ८७ मत प्राप्त गर्दै विजयी भइन्। दलित सदस्यतर्फ विवेक नागरीले ७७ मत प्राप्त गरे।
केन्द्रीय पार्षद् सदस्यमा निर्वाचितहरू:
- हिमाल जोशी
- दीपक उपाध्याय नेपाल
- एकिन्द्र तिमिल्सिना
- भीष्मराज ओझा
- लिलाजंग शाही
कैलालीमा पनि देशभर जस्तै नेपाल प्रेस युनियन र प्रेस चौतारीबीच गठबन्धन भएको थियो। प्रदेशभरका अन्य शाखाहरूको मत परिणाम आउने क्रम जारी रहेको छ। प्रदेश प्यानलमा भरत शाह र मीन बम नेतृत्वका दुई समूह प्रतिस्पर्धामा छन्।
कैलाली जिल्लाको कार्यसमिति:
अध्यक्ष – श्रवण देउवा
उपाध्यक्ष – भोजराज राेस्यारा (बिराज)
उपाध्यक्ष(महिला) – भावना जोशी
सचिव- तेजराज भट्ट
सहसचिव- शंकर बोहरा
सहसचिव(समावेशी)- नीराजन परियार
कोषाध्यक्ष – सुनिल आउजी
सदस्य- बालकृष्ण ओझा
सदस्य – कैलाश जोशी
सदस्य – दिनेशबहादुर बिस्ट
सदस्य- गगन अयडी
सदस्य – वीरेन्द्र शाह
सदस्य – लाेकुसिंह ठकुरी
सदस्य – रतनलाल चौधरी
सदस्य – अनिता चौधरी
सदस्य – विवेक नागरी
सदस्य- चन्द्रप्रसाद खनाल
सदस्य- सुधराम दहित
सदस्य -टेकसिंह धामी
सदस्य – जगत जैगडी