स्वस्तिक हस्पिटलमा जारी शिविरको पहिलो दिन १७९ जनाले लिए सेवा

प्रकाशित : :

धनगढी : स्वस्तिक हस्पिटलमा जारी शिविरको पहिलो दिन महिला पुरुष गरी जम्मा १७९ जनाले लिए सेवा लिएका छन् । धनगढीको सहिदगेट स्थित स्वस्तिक हस्पिटलमा सञ्चालनमा रहेको २ दिने निःशुल्क वृहत् स्वास्थ्य शिविरबाट नागरिकहरूले आफ्नो स्वास्थ्य परीक्षण लगायतका स्वास्थ्य सेवाहरू लिएका हुन् ।

धनगढी उप-महानगरपालिका वडा नं. ३ र स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.ली सहिदगेट धनगढीको संयुक्त सहकार्यमा पुस २ र ३ का लागि आयोजना गरिएको निःशुल्क वृहत् स्वास्थ्य शिविरमा हाड जोर्नी रोग विशेषज्ञ डा. इन्द्र बहादुर शाह साहु, महिला तथा प्रसूति रोग विशेषज्ञ डा. अञ्जना काफ्ले, जनरल कन्सल्टेन्ट फिजिसियन डा. सुनिल पाण्डे र कन्सल्टेन्ट रेडियोडाईग्नोसिस लगायतका डाक्टरहरूले प्रत्यक्ष सेवा दिई रहेका छन् ।

एक सूचना सन्देश जारी गर्दै शिविरको उद्घाटन गरेका धनगढी उप-महानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राज बहादुर ऐरले सम्पूर्ण वडा बासी तथा स्वास्थ्य सेवाबाट वञ्चित नागरिकहरूलाई निःशुल्क स्वास्थ्य सेवा लिन आह्वान गरे । साथै आगामी दिनहरूमा वडा वासीको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउन उच्च स्तरीय निःशुल्क शिविरको समेत आयोजना गर्ने तयारी रहेको बताए ।

यस्तै अस्पतालका अध्यक्ष दीपेन्द्र प्रसाद तिवारीले स्वास्थ्य सेवा बाट वञ्चित नागरिकहरूलाई स्वास्थ्य सेवा निःशुल्क रूपमा र सौलियतमा प्रदान गर्नको निम्ति शिविरको आयोजना गरिएको बताउँदै शिविरको दोस्रो दिन पुस ३ गते चेकजाँच गराउन इच्छुक व्यक्तिहरूमा आग्रह गरेका छन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट