धनगढी: शिक्षाका विविध पक्षहरूमा नवीन प्रयोग गर्दै आएको एसपीए कलेजले यस पटक सुदूरपश्चिम क्षेत्रमै पहिलो पटक विलियम सेक्सपियरको प्रसिद्ध कृति रोमियो फोर जुलियट को नाट्य रूपान्तरण प्रस्तुत गरेको छ। बिहीबारदेखि सुरु भएको यो थ्रिएटर प्ले एसपीए स्पोर्टस क्लब र एसपीए कलेजको आयोजनामा कलेजको सभा हलमा नेपाली भाषामा मञ्चन भइरहेको छ।
पहिलो दिन धनगढी र पुनर्वासका विभिन्न विद्यालयबाट सहभागी भएका ३०० भन्दा बढी विद्यार्थीहरूले नाटकको मज्जा लिए । दोस्रो पनि पहिलो दिन जस्तै टिकेट सोल्डआउट र सबै सिट प्याक रहँदै धनगढीको ब्राइटवे पब्लिक स्कुल, कञ्चनपुरको बिचुवा तथा कैलालीको अत्तरिया क्षेत्रका विद्यालयहरूबाट सहभागी शिक्षक, शिक्षिका, र विद्यार्थी दर्शकहरूले उक्त लाइभ प्रस्तुति हेरे। तीन दिनसम्म चल्ने यो नाट्य कार्यक्रम प्रत्येक दिन दुई सो प्रदर्शन भइरहेको छ।
- अङ्ग्रेजी साहित्यको नेपाली रंगमञ्चीय स्वरूप
धनगढी थ्रिएटर एण्ड आर्ट्स क्लबकी संयोजक अर्पणा गुप्ताका अनुसार, नाटक मूलतः विलियम सेक्सपियरको अङ्ग्रेजी कथामा आधारित भए पनि नेपाली भाषामा उत्कृष्ट रूपमा रूपान्तरण गरिएको छ। - अक्सफोर्डका निर्देशक क्रिस वाल्टर्सको निर्देशन
नाटक निर्देशनको जिम्मा अक्सफोर्डका प्रख्यात थिएटर विशेषज्ञ क्रिस वाल्टर्सले लिएका छन्। ४४ वर्षभन्दा बढी समयदेखि रङ्गमञ्चमा सक्रिय वाल्टर्सले एसपीए कलेजका विद्यार्थीहरूलाई चार महिना लामो प्रशिक्षण दिएर यो प्रस्तुति तयार पारेका हुन्। - विद्यार्थी, शिक्षक र साहित्य प्रेमीहरूका लागि विशेष अनुभव
एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायका अनुसार, तेस्रो दिन छिमेकी देश भारतबाट ७० जनाको टोली नाटक हेर्न आउने तय भएको छ। त्यस्तै, धनगढीको एभरेस्ट स्कुलले मोबाइल एडिक्सनसम्बन्धी सचेतना दिने “बिरे नाटक” पनि प्रदर्शन गर्नेछ।
साहित्यमा रुचि राख्ने र अङ्ग्रेजी साहित्य प्रेमीहरूका लागि यो नाटक विशेष अनुभव बन्ने विश्वास गरिएको छ। कलेज प्रशासनले थिएटरमा रुचि राख्ने सबैलाई रोमियो फोर जुलियट” थ्रिएटर प्ले हेर्नका लागि आमन्त्रण गरेको छ।