धनगढीको एसपीए कलेजमा ‘रोमियो फोर जुलियट’ थ्रिएटर प्ले: ३ दिनमा ९ सय बढीले गरे अवलोकन

धनगढीको एसपीए कलेजमा 'रोमियो फोर जुलियट' थ्रिएटर प्ले: ३ दिनमा ९ सय बढीले गरे अवलोकन
प्रकाशित : :

धनगढी: शिक्षाका विविध पक्षहरूमा नवीन प्रयोग गर्दै आएको एसपीए कलेजले यस पटक सुदूरपश्चिम क्षेत्रमै पहिलो पटक विलियम सेक्सपियरको प्रसिद्ध कृति रोमियो फोर जुलियट को नाट्य रूपान्तरण प्रस्तुत गरेको छ। बिहीबारदेखि सुरु भएको यो थ्रिएटर प्ले एसपीए स्पोर्टस क्लब र एसपीए कलेजको आयोजनामा कलेजको सभा हलमा नेपाली भाषामा मञ्चन गरिएको थियो।

यो कार्यक्रम ३ दिनसम्म ७ सो प्रदर्शन गर्दै शनिवार भव्यताका साथ सम्पन्न भएको छ। ३ दिन सम्म भारतको लखीमपुर, धनगढी, अत्तरिया, बेलौरी र कृष्णपुरका विभिन्न विद्यालयबाट विद्यार्थी, प्रधानाध्यापक, तथा शिक्षक गरी ९०० भन्दा बढी दर्शकले नाटकको मज्जा लिएका छन् ।

धनगढी थ्रिएटर एण्ड आर्ट्स क्लबकी संयोजक अर्पणा गुप्ताका अनुसार, नाटक मूलतः विलियम सेक्सपियरको अङ्ग्रेजी कथामा आधारित भए पनि नेपाली भाषामा उत्कृष्ट रूपमा रूपान्तरण गर्दै अङ्ग्रेजी साहित्यको नेपाली रंगमञ्चीय स्वरूपमा प्रस्तुत गरिएको थियो ।

यो नाटक निर्देशन अक्सफोर्डका प्रख्यात थिएटर विशेषज्ञ क्रिस वाल्टर्सले गरेका थिए । ४४ वर्षभन्दा बढी समयदेखि रंगमञ्चमा सक्रिय वाल्टर्सले एसपीए कलेजका विद्यार्थीहरूलाई चार महिनाको प्रशिक्षण दिएर यो प्रस्तुति तयार पारेका थिए।

एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले नाटकले साहित्य र रंगमञ्चमा रुचि राख्ने विद्यार्थी, शिक्षक र साहित्य प्रेमीहरूको लागि विशेष अनुभव प्रदान गरेको बताए ।

तेस्रो दिन छिमेकी देश भारतबाट ७० जना विद्यार्थी र प्रिन्सिपल तथा शिक्षक, शिक्षिकाको टोली नाटक हेर्न आएको थियो । भने कार्यक्रमको दौरान, अत्तरियाको एभरेस्ट स्कुलले मोबाइल एडिक्सन सम्बन्धी सचेतना दिने ‘बिरे’ नाटक समेत प्रदर्शन गरेको थियो ।

साथै नाट्य प्रस्तुति हेर्न आएका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूले सुदूरपश्चिम प्रदेशमा शिक्षा र खेलका क्षेत्रमा सधैँ अगाडी रहेको एसपीए कलेजले सुदूरपश्चिम मै पहिलो पटक यो थ्रिएटर प्ले को सफल आयोजनाबाट विद्यार्थीहरू लाई थिएटर र साहित्यिक गतिविधिहरूमा संलग्न गराउन र मोबाइल एडीक्न बाट जोगाउन तथा विभिन्न नयाँ सन्देशहरू प्रवाह गर्ने नौलो अध्याय थपेको बताएका छन् ।

निर्देशक क्रिस वाल्टर्सका अनुसार एआई प्रविधि हाबी भई विद्यार्थीहरू को क्रेटीभिटीमा कमी आउन लागेकोले उनीहरूलाई प्रत्यक्ष रूपमा क्रेटीभ बनाउनका निम्ति पनि एसपीए कलेजले यो थिएटर नाटक प्रदर्शन गर्ने थालनी गरेको बताए ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट