देशभर बदली र चिसोमा वृद्धि, हिमपातको सम्भावना

हल्का वर्षाको सम्भावना
प्रकाशित : :

धनगढी : पश्चिम नेपालबाट सुरु भएको मौसम बदली क्रमशः देशभर फैलिँदैछ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा देखिएको बदली विस्तारै पूर्वतर्फ फैलिएको छ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार यो प्रणाली मंगलबार रातिसम्म कर्णाली प्रदेश हुँदै गण्डकी र लुम्बिनी प्रदेशमा फैलिनेछ। पूर्वतर्फ जाँदा प्रणाली केही कमजोर भए पनि असर देखिने छ।

हिमपात र हल्का वर्षाको सम्भावना

राति र बिहान उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात तथा केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ। हाल सुदूरपश्चिम प्रदेशमा साधारण बदली रहँदा कोशी, गण्डकी, र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली छ भने अन्य भूभाग मुख्यतया सफा रहेको छ।

२४ घण्टाको पूर्वानुमान

  • बागमती र मधेश प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना।
  • कोशी प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने।

चिसोमा पुनः वृद्धि

मौसम बदलीसँगै देशभर चिसो बढ्न थालेको छ। काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियसमा झरेको छ। जुम्लाको तापक्रम माइनस ७.८ डिग्री सेल्सियस पुगेको छ।

महाशाखाका अनुसार आगामी दिनमा न्यूनतम तापक्रम अझै घट्न सक्ने सम्भावना छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट