नेपाली खेलकुदका बहु आयामिक व्यक्तित्व सुवास बि शाही सम्मानित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले समाजलाई नैतिकवान बनाउने सन्दर्भमा पुस्तकले महत्व राख्ने बताएका छन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको धनगढीमा आयोजित ‘नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ को मंगलबार उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रकाशित : :

धनगढी : नेपाली क्रिकेट तथा खेलकुद क्षेत्रमा अतुलनीय योगदान दिएका धनगढीका सुवाश बि शाही सम्मानित भएका छन् । शाही लाई खेलकुद क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीले सम्मान गरेको हो ।

सामाजिक रूपान्तरणका लागि, शिक्षामा नयाँ अभियान भन्ने मूल नाराका साथ यही पौष ९ देखी १५ गतेसम्म धनगढीमा आयोजना गरिएको ९ औँ बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव-२०८१ को उद्घाटन सत्रमा शाहीलाई सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री कमलबहादुर शाह मार्फत सम्मान गरिएको हो ।

सोही अवसरमा पत्रकार एवं सुदूरपश्चिम प्रदेशका सर्वाधिक स्वयंसेवी रक्तदाता दीपकप्रसाद उपाध्याय, शिक्षा बिद डा. हेमराज पन्त, प्राध्यापक चन्द तथा सामाजिक क्षेत्रमा कल्पना भट्टलाई समेत दोसल्ला र सम्मान पत्र प्रदान गर्दै सम्मानित गरिएको छ ।

को हुन सुवाश बि. शाही ?

खेल प्रेमी, व्यवस्थापक, र उद्यमशील व्यक्तित्व:
सुवाश शाही सुदूरपश्चिम प्रदेशका एक बहुप्रतिभाशाली खेल प्रेमी, व्यवस्थापक, र उद्यमशील व्यक्तित्व हुन्। शिक्षा, खेलकुद, र समाजसेवामा योगदान पुर्‍याउँदै आएका शाही धनगढीमा मात्र नभई समग्र नेपालभर परिचित नाम हुन्।

शैक्षिक क्षेत्रबाट खेलकुदमा यात्रा:
सुवाश शाही धनगढीमा सुदूर पश्चिमाञ्चल एकेडेमी एस.पी.ए कलेज नामक शैक्षिक संस्थाका सञ्चालक हुन्। शैक्षिक व्यवसायबाट सुरु भएको उनको यात्रा खेलकुद व्यवस्थापनमा प्रवेश गर्दै अघि बढ्यो । उनले एसपीए कप क्रिकेट प्रतियोगिताको सुरुवात गरी आफ्नो कलेजको नामबाट धनगढीमा खेलकुदको नयाँ युगको थालनी गरे। चार लाख रुपैयाँको सुरुवाती लगानीबाट सुरु भएको यो प्रतियोगिता पछिल्लो समय नेपालकै चर्चित फ्रेन्चाइज लिग धनगढी प्रिमियर लिग (डीपीएल) मा परिणत भयो।

फ्रेन्चाइज क्रिकेटमा नेतृत्वकर्ता:
नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेको अवस्थामा सुवाश शाहीले फ्रेन्चाइज क्रिकेटको नयाँ मोडेल प्रस्तुत गर्दै पहिलो पटक खेलाडी अक्सन प्रणालीको सुरुवात गरे। यो प्रणालीकै कारण धनगढी प्रिमियर लिग नेपाली क्रिकेटको इतिहासमा विशिष्ट स्थान बनाउँदै अगाडि बढ्यो। उनले आफ्नो नेतृत्वबाट नेपालमा अन्य फ्रेन्चाइज लिग, जस्तै इपीएल र पीपीएलको जन्म हुने मार्ग प्रशस्त गरे।

फुटबलमा नयाँ प्रयोग:
क्रिकेटमा आफ्नो सफल यात्रापछि शाहीले नेपाल सुपर लिग मार्फत फ्रेन्चाइज फुटबलमा पनि आफ्नो प्रभाव देखाए । सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै धनगढी एफ.सीको टिम मालिकको रूपमा देखा परेका शाहीले फुटबललाई व्यावसायिक मोडमा लैजान ठोस कदम चालेका छन्। उनले एनएसएललाई नेपाली फुटबलका लागि एउटा नयाँ प्रयोगका रूपमा अघि सारे।

तेक्वान्दोमा योगदान:
क्रिकेट र फुटबलमा मात्र होइन, शाहीले तेक्वान्दो खेलमा पनि आफ्नो योगदान पुर्‍याएका छन्। उनी सुदूरपश्चिम तेक्वान्दो संघको अध्यक्ष बनेका छन्। भने तेक्वान्दो संघमा उनको सक्रियताले खेलको व्यवस्थापनमा नयाँ आयाम थपेको छ।

समर्पण र दीर्घकालीन दृष्टिकोण:
सुवाश शाही खेलकुदलाई व्यवसायीक फाइदा मात्र नभई समाजको रूपान्तरणको माध्यमका रूपमा हेर्छन्। धनगढीलाई खेलकुदको केन्द्रका रूपमा स्थापित गर्न उनका प्रयासहरू उल्लेखनीय छन्। क्रिकेट, फुटबल, र तेक्वान्दोमार्फत उनले क्षेत्रीय खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने सपना देखेका छन्।

‘हाम्रो उद्देश्य पैसा कमाउने होइन। खेलकुदमार्फत धनगढी र सुदूरपश्चिमलाई पहिचान दिने प्रयास हो, यही संकलप अनुरूप अहिले धनगढी क्रिकेटको सहरका रूपमा स्थापित बन्दै गइरहेको छ ।’ – शाही

सुवाश शाही नेपाली खेलकुदका एक बहु आयामिक व्यक्तित्व हुन्। शिक्षा, क्रिकेट, फुटबल, र तेक्वान्दोमा उनको योगदानले खेल प्रेमीमाझ मात्र नभई समग्र समाजमा गहिरो प्रभाव छोडेको छ। उनले नेतृत्वद्वारा सुदूरपश्चिमलाई खेलकुदको मानचित्रमा स्थापित गर्ने प्रयास जारी राखेका छन्।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट