प्रेम प्रस्तावका लागि प्रहरी कार्यालयको बोर्ड ह्याक, ह्याकर केटा की केटी ?

प्रेम प्रस्तावका लागि प्रहरी कार्यालयको बोर्ड ह्याक, ह्याकर केटा की केटी ?
प्रकाशित : :

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको डिजिटल बोर्ड ह्याक भएको छ। कैलाली पुलस्थित प्रदेश प्रहरी कार्यालयको गेटमा रहेको बोर्डमा ह्याकरले ‘आइ लभ यु…..’ लेखेर स्क्रोल गरेका थिए।

यो घटना प्रेम प्रस्तावको उद्देश्यले गरिएको हुनसक्ने अनुमान गरिएको छ। प्रहरी कार्यालयकै बोर्ड ह्याक गरी प्रेमीलाई इम्प्रेस पार्न खोजिएको शंका गरिएको छ।

सामाजिक सञ्जालमा अहिले बोर्डमा अंग्रेजीमा ‘I Llove You Chitra’ लेखिएको फोटो भाइरल भएको छ। प्रहरीका अनुसार उक्त ह्याकिङ सम्बन्धी तथ्यहरू पत्ता लगाउन अनुसन्धान भइरहेको छ।

तथापी रोमनमा ‘Chitra’ लेख्दा चित्र केटा र केटी दुवैको नाम आउने हुनाले यो ह्याक केटा अथवा केटी ह्याकर कसले गर्यो भन्ने पनि रोचक विषय बनेको छ ।

यता, भाइरल फोटोको सत्यता जाँच गर्ने प्रयास भइरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट