कुशल मल्लले बुटबलबाट अर्जुन ट्रफी खेल्ने

कुशल मल्लले बुटबलबाट अर्जुन ट्रफी खेल्ने
प्रकाशित : :

धनगढी : नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल मल्लले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता बुटबलबाट खेल्ने भएका छन् । हालै सम्पन्न नेपाल प्रिमियिर लिग (एनपिएल) मा चितवन राईनोजका मार्की खेलाडी समेत रहेका मल्लले क्रिकेटको शहर धनगढीमा माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा न्यु होराईजन बुटबलबाट प्रतियोगिता खेल्ने भएका हुन् ।

कुशल मल्लको कप्तानीमा रहेको बुटबलको टीममा दिलिप नाथ, सिद्धान्तराज लोहनी, निर्मल गुरुङ, प्रतिक श्रेष्ठ र तुलवहादुर थापा रहेका छन् । यस्तै टीममा महेश भार, विप्रसन केसी, आरिफ खान, दिपक डुम्रे, वीरवहादुर घर्ती र गोविन्द विक रहेका छन् । फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा माघ २२ गते हुने खेलमा बुटबलले दशरथ चन्द एकेडेमी बैतडीसँग खेल्नेछ । यस्तै माघ २३ गते क्रिकेट एक्सीलेन्स सेन्टर काठमाण्डौंसँग खेल्नेछ भने २५ गते सिवाईसी अत्तरियासँग लिग चरणको अन्तिम खेल खेल्नेछ ।

प्रतियोगिताको खेललाई प्रत्यक्ष रुपमा मैदानमा गएर हेर्नका लागि खल्ती एपबाट टिकट काट्न सकिने सुविधा दिईएको आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरु हेर्नका लागि खल्ती एपमा अर्जुन ट्रफीको टिकट काट्ने सुविधा सुरु भईसकेको छ । डिजिटल वालेट खल्तीबाट टिकट काटेर खेल हेर्ने दर्शकहरुलाई टिकट बराबरको आकर्षक उपहार पनि दिईने भएको छ ।

गो ड्रिमर्सको आयोजनामा यस बर्षदेखि नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताका लागि भिआईपी तर्फ दुई सय र साधारण तर्फ एक सय रुपैया टिकट दर तोकिएको छ । प्रतियोगिताका सबै खेलहरू एक्सन स्पोट्र्स एचडी वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने छ ।  युट्युव फेशबुक लगायतका सामाजिक सञ्जालहरुमा एडिआर स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्नेछ ।

धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काप्रति समर्पित अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रुपमा टी–२० फमर््याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहेको छ । सबै टोलीहरुले ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीका पाँच जना र बाँकी सी क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाउनेछन् । ए क्याटोगोरीमा नेपाली राष्ट्रिय टीमका खेलाडी रहेका छन् भने बी क्याटोगोरीमा नेपाली राष्ट्रिय टीम ए, यु– १९ नेपाली राष्ट्रिय टोली र प्रदेश स्तरीय सिनियर खेलाडी रहेका छन् । सी क्याटोगोरीमा यु– १६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यु–१९ र यु–१६ का खेलाडी र अन्य खेलाडीहरु रहेका छन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट