धनगढी : धनगढीमा आयोजित एसपीए शब्दास्त्र २.० कार्यक्रमको पहिलो र दोस्रो एपीसोड युक्तित प्रोडक्सनको युट्युब च्यानलमा सार्वजनिक हुन थालेको छ । शब्द र सङ्गीतको अद्भुत सङ्गमको रूपमा परिचित हुँदै आएको यो कार्यक्रम यही फागुन १२ गतेबाट सार्वजनिक हुन थालेको हो ।
२०८१ कार्तिक ९ गते शुक्रवार साँझ धनगढी–२ स्थित काठमाडौँ केटलमा सम्पन्न कार्यक्रमले साहित्य प्रेमीहरूलाई गहकिला र व्यङ्ग्यात्मक कविताको रसास्वादन गराएको थियो।
यसका अन्य विभिन्न भागहरु अब निरन्तर युक्तित प्रोडक्सनको युट्युब च्यानमार्फत सार्वजनिक गरी सम्पुर्ण साहित्य प्रेमी दर्शकहरु माझ पस्किदै जाने युक्तित प्रोडक्सनका सिइओ संजिव रावलले जानकारी दिएका छन् ।
ख्यातिप्राप्त कवि मोहित जोशी, करन सिंह ऐरी, खेम बतास र दोस्ताजले आफ्ना उत्कृष्ट कविता वाचन गर्दा दर्शक मन्त्रमुग्ध भएका थिए।
त्यस्तै, अञ्जु कुँवर, डा. रित राज खड्का, डा. अमृत जैसी र अस्मिता पौडेलले दर्शक दीर्घाबाट आ–आफ्ना कोसेली प्रस्तुत गरेर माहौललाई थप ऊर्जा वान बनाएका थिए।
बेलुकी ७ देखि ९ बजेसम्म चलेको कार्यक्रममा काठमाडौँ केटलको मिठो चिया सँगै साहित्य अनुरागीहरू कविताको धुनमा रमाएका थिए। धनगढी उप-महानगरपालिकाका नगर प्रमुख गोपाल हमालको उपस्थितिले कार्यक्रमलाई अझ विशेष बनाएको थियो ।
यस साहित्यिक जमघटको आयोजक युक्तित प्रोडक्सन हाउस हो भने प्रमुख प्रायोजक एस.पी.ए कलेज रहेको थियो ।
माया मेट्रो हस्पिटल, कान्तिपुर डेन्टल तथा निसर्ग हस्पिटल सह-प्रायोजकका रूपमा सहभागी थिए। भिजुअल बाबा फ्रेम, सङ्गीत नारायन मण्ड टिम, सेटेलाइट टी.भी, सोधपत्र डटकम मिडिया पार्टनरका रूपमा रहेका थिए।
साहित्यिक कार्यक्रमको यस्तो निरन्तरताले धनगढीको साहित्यिक वातावरणलाई थप समृद्ध बनाउने विश्वास आयोजक टिमको रहेको छ ।