महेन्द्रनगर : सुदूरपश्चिम विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले यहि वर्ष बाट नेपालको पहिलो मेडिकल विश्वविद्यालय गेटमा सञ्चालनमा आउने घोषणा गरेका छन् । उक्त घोषणा प्रधानमन्त्री ओलीले सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा फागुन २५ गते गरेका हुन् ।
उनले मेडिकल विश्वविद्यालय स्थापनासँगै नेपालमा चिकित्सा शिक्षाको पहुँच विस्तार भई गुणस्तरीय अध्ययन गर्न सहज हुने बताएका छन् ।
प्रधानमन्त्री ओलीका अनुसार यस मेडिकल विश्वविद्यालयको स्थापना प्रक्रियालाई तीव्रता दिइएको छ र आगामी शैक्षिक सत्रदेखि औपचारिक रूपमा पठनपाठन सुरु गरिनेछ । यस विश्वविद्यालयमार्फत नेपालमै उच्चस्तरीय मेडिकल अध्ययनको अवसर सिर्जना हुने विश्वास गरिएको छ ।
समारोहमा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।